अरुणेश्वर खनाल

नेपालबाट बर्षेनी हजारौको संख्यामा दक्ष तथा अदक्ष जनशक्तिहरु रोजगारीका सिलसिलामा देशबाहिर जाने क्रम जारी छ । ति मध्ये अधिकांश १८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरुनै हुने गर्दछन् । देशलाई आबश्यक पर्ने सक्रिय र आबश्यक जनशक्ती देशबाहिर पलायन हुदा यसले राज्यलाई पर्ने घाटाको हामी आकलन समेत गर्न सक्दैनौं । भलै बिदेशियका नेपालीहरुले पठाएको रेमिटान्स देशको अर्थतन्त्र एउटा बलियो अधार हो तर यसलाई अर्थतन्त्रको बलियो आधार मानेर आत्मरतिमा रमाईरहने हो भने देश एक दिन युवा विहिन अबस्थामा पुग्ने निश्चित छ । अहिले पनि देशका दुरदराज देखि विकसित शहहरुमा समेत तुलनात्मक रुपमा युवाहरुको संख्या निकै कम छ । उनिहरु कि त अध्ययनको सिलसिलामा बाहिरिएका छन् कि रोजगारीको सिलसलामा बाहिरिएका छन् । ति मध्ये अधिकांश रोजगारीकै सन्र्दभमा बाहिरिएको तथ्याकं हरुले पुष्टी गरेका छन् । यसको मुल कारण देशमा प्रसस्त रोजगारीको सिर्जना हुन नसक्नु , उद्यमशिलताको विकास हुन नसक्नु र स्वरोजगार मुलक व्यवसाय गर्नका लागि चुनौती हुनुनै प्रमुख कारण हो । यि बिषयहरुमा चर्चा गर्नु पुर्व संक्षेपमा तलका बिषयबस्तुहरुमा चर्चा गरौ स्

युवा भनेको के हो  ?

युवा भनेको किशोरवस्था माथिको सामाजिक आर्थिक सास्ंकृतिक जिम्मेवारी बोध गर्ने शुरुवात गर्दैको र शारिरिक रुपमा परिपक्वता हासिल गरेको अवस्था हो । नेपालको सन्र्दभमा युवाको उमेरको बारेमा छलफल गर्नु अघि केही अन्र्तराष्ट्रिय अभ्यासहरुलाई विश्लेषण गर्नु जरुरी हुन्छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाको परिभाषा भित्र समेटेर उनीहरुको प्राथमिकताका विषय समेत तोकेको छ । युवालाई उमेरको आधारमा हेर्ने हो भने भिन्न देशले भिन्न उमेरलाई युवा उमेर भनेर तोकेका छन् । फिलिपिन्स र बंगलादेशले १५ देखी ३० वर्षको उमेरलाई युवा मानेका छन् । जापानले २४ वर्ष सम्मका लाई युवा मानेका छ । यसैगरि दक्षिण अफ्रीकाले १५ देखी २९ जर्मनीले १४ देखी २६ भारतले १५ देखी ३५ चिनले १४ देखी २८ सम्मको उमेर समुहलाई युवा समुह मानेका छन् । नेपालको सन्र्दभमा १६ देखि ४० बर्षका मानिसहरुलाई युवा मानिएको छ । जेसीजले १८ देखि ४० बर्ष सम्मका मानिसहरुलाई युवा मानेर त्यही अनुसार आफ्नो क्रियाकलाप संचालन गर्दे आईरहेको छ ।

प्रभावकारी निति नियम र भए गरेका निति नियमहरुको पनि प्रभावकारी कार्यान्न्वयन हुन नसक्दा नेपालमा युवाहरु अबसरहरुबाट बन्चित हुन परेको छ । जव युवाहरु देशभित्रनै अबसरहरुबाट बन्चित हुन्छन् तव उनिहरु संग विदेशिनु र पलयान हुनुको विकल्प हुदैन । नेपालमा प्रत्येक वर्ष करिब चार लाख युवा श्रम बजारमा अवसरमा प्रवेश गर्ने गर्दछन् तर त्यसको आधा भन्दा बढि संख्या बेरोजगार नै रहन्छ यसरी देश बाहिर जाने र देशमै बेरोजगार हुनेमा सबैभन्दा बढि १८ – ४० उमेर समहुका नै छन् । युवा रोजगारीको यस्तो डर लाग्दो तस्विर सार्वजनिक भइरहँदा नेपालको नीति निर्माता र राजनीतिक समुदाय भने यस प्रति खासै चिन्तित देखिदैन , यो निकै विडम्वनाको बिषय हो । अझ पछिल्लो समय बिश्व कोभिड १९ को महामारीमा फसेपछि रोजगारी गुमाएर लाखौं युवा स्वदेश फर्किएका छन् । सरकार र सम्बन्धित निकाय संग उनिहरुको व्यवस्थापनको कुनै पनि योजना नहुनु अत्यन्तै दुखद् कुरा हो । उनिहरुलाई स्वरोजगार बनाउन आवश्यक छ ।

उद्यमशिलता र युवा

उद्यम गर्न सक्ने सिप र ज्ञानको विकास गर्नुनै उद्यमशिलता हो । उद्यमशिलताको विकास विना देशको विकास संभव छैन । हाम्रो देशमा पनि युवाहरुलाई देशबाट पलायन हुन रोक्ने हो भने उद्यमशिलताको विकास गर्न आबश्यक छ । उद्यमशिलताको विकास र स्वरोजगारमुलक व्यवसायको सिर्जना गर्न सकिएन भने देश मा सम्बृद्धी संभवनै छैन । यसका लािग राज्यले युवाहरुमाथी लगानी गर्नु जरुरी रहन्छ । क्षतमावान् जनशक्ति भनेकै युवाशक्ति अर्थात शारीरिक र मानसिक क्षमताको साथ काम गर्न सक्ने क्षमतावान् व्यक्तिहरु नै हुन् । यसैकारण युवाहरुमा लगानी गर्नु नितान्त आवश्यक रहन्छ । तर विडम्बनाको कुरा नेपालमा युवाहरुमाथी हेर्ने दृष्टीकोण त्यती राम्रो देखिदैन । युवाहरुमाथी अहिले भएका लगानी पनि त्यसै खेर गईरहेको अबस्था छ । अथवा भनौ केहि सिमित पहुच वालाहरुले मात्र राज्यले युवामाथी गरेको लगानीको स्वाद चाख्न पाएका छन् । विपन्न, सिमान्तकृत र आफ्ना कुनै पहुच नभएका युवाहरुलाई उनिहरुमाथी राज्यले गर्ने लगानीको कुनै अर्थ छैन । यस्तो अबस्थामा युवा उद्यमशिलताका विकास गर्न संभव देखिदैन । राज्यले आफ्नो नितिमा व्यापक सुधार नगरे सम्म न त युवा पलायन रोक्न सकिन्छ न त देशको सम्बृद्धीको कल्पना गर्न सकिन्छ । यो आकाशको फल आँखा तरि मर भने जस्तै हो । राज्य र नीतिगत तवरबाट नै युवाहरुको अधिकारको निम्ति प्रयाप्त कामहरु हुन नसकेको कारण अहिले नेपालका ४० लाख भन्दा बढी नेपालीहरु रोजगारीको निम्ति विदेशिनुपरेको छ ।

युवाहरु भनेका देशका सम्पत्ति हुन् । युवाहरुको दक्षता र क्षमता विकास हुन सकेको खण्डमा मात्र सही रुपमा राज्य सफल हुन सक्छ भन्ने कुरा राज्य सञ्चालकहरुले बुझ्न नसकेको कारण यो अवस्था आएको हो । युवाहरुको निम्ति विना धितो कर्जा उपलब्ध गराउने उद्धेश्यले स्थापना भएको संस्था युवा स्वरोजगार कोषबाट लगानीको निम्ति कर्जा लिने प्रक्रिया पनि आफैंमा निकै कठिन छ । उक्त कर्जा लिन बर्र्षौं कुर्नुपर्ने, कर्जा रकम पनि थोरै रहेको र सबैलाई कर्जा उपलब्ध हुन सक्छ भन्ने अवस्था समेत नरहेको कारण उद्यमशिल व्यक्तिहरुले उक्त कर्जाको लागि प्रक्रिया अघी बढाउने क्रममा बर्षौं कुर्नुपर्ने अवस्था छ ।

नेपालमा आफैं नै नेपालमा नै रहेर केही काम गर्नुपर्छ भन्ने मानसिकता बोकेका युवाहरु पनि नभएका होइनन् । तर यस्तो सोचले सच्चा सकारात्मक उद्धेश्य राखेर स्थापना भएका व्यक्तिहरुको निम्ति भने राज्यले कहीँकतैबाट सहयोग गर्न सकेको छैन । नेपाल सरकार मातहतका अधिकांश कार्यक्रमहरु पहुँचवालाहरुको नियन्त्रणमा छन् । नेपालमा विभिन्न देशबाट लगानी भित्राउने गैह्र सरकारी संस्थाहरुले गरेको लगानीको प्रतिफल पनि तुलनात्मक रुपमा निकै नै कम छ । ग्रामीण क्षेत्रका जनताहरुलाई नै देखाएर ल्याइने रकम कत्तिको सदुपयोग हुन सकेको छ रु ग्रामीण क्षेत्रमा उक्त रकम के काममा प्रयोग हुन सक्यो र त्यसबाट कुन वर्ग कसरी लाभान्वित हुन सक्यो रु भन्ने सम्बन्धमा पनि अब हामीले खोजीनिती गर्ने बेला आएको छ । कुरा जतिनै गरेपनि मुल कुरा युवाहरुलाई स्वरोजगार र उद्यमशिलता संग जोड्नै नै हो । यदी उनिहरुलाई यि बिषयबस्तुहरु संग जोड्न सकियो भने मात्र उनिहरुलाई पलायन हुन बाट रोक्न सकिन्छ । यदी आफ्नै देशमा प्रसस्त मात्रामा अबसरहरु हुने हो भने कसैलाई पनि बिदेशिने रहर हुदैन तसर्थ सम्बन्धित निकायहरुले तत्काल यस तर्फ ध्यान दिन आबश्यक छ ।

नेपालका अधिकांश स्थानका खेतबारीहरु अहिले बाँझो हुँदै गएका छन् भने नेपाल परनिर्भर बनिरहेको अहिलेको अवस्थामा नेपालमा भएका युवाहरुलाई कसरी नेपालमा नै सानो लगानीबाट सफल उद्यमी बन्न सकिन्छ भन्ने सम्बन्धमा पनि नेपाल सरकार मातहत नै त्यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । तर यस्ता कार्यक्रमहरु नेपाल सरकारको प्राथमिकताको विषय नै बन्न नसक्नु निकै दुःखको बिषय हो ।

नेपालमा सानो लगानीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिने क्षेत्रहरु मध्ये घरेलु तथा साना उद्योग निकै राम्रो सम्भावना रहेको क्षेत्र हुन सक्छ । यस्ता कतिपय क्षेत्रहरुमा लगानी पश्चात् बजारीकरण समस्याको रुपमा रहेको पनि पाइन्छ । यस्तै अवस्थामा सम्बन्धित व्यक्तिले उत्पादन गरेका वस्तुहरुको बजारीकरणको ग्यारेन्टी गर्न सक्ने शशक्त संस्था वा कम्पनी स्थापना हुनुपर्ने आवश्यकता समेत देखिएको छ ।

नेपाल जेसीज पनि युवाहरुको नेतृत्व र व्यक्तीत्व गर्ने सस्थाको रुपमा लामो समयदेखि नेपालमा क्रियाशिल छ । व्यक्तीत्व , नेतृत्व र क्षमता को विकास हुनु भनेको मुल रुपमा उद्यमशिलताकै विकास हुनु हो । तसर्थ अब जेसीजले आफ्ना कार्यैक्रमहरुलाई उद्यमशिलता संग जोड्न आबश्यक छ । उद्यमशिलता संग जोडेर जेसीजले आफ्ना कार्यक्रमहरु संचालन गर्न सक्यो भने पक्कै पनि हजारौ युवाहरु यसबाट लाभान्वित हुनेछन् । उद्यमशिलता संग आबश्यक तालिम तथा प्रशिक्षणहरु र व्यवबहारिक तवरको उद्यमशिलताको विकासमा जेसीज लाग्न आबश्यक छ । यदी यसो गर्न सकियो युवाहरुको पलायन रोक्न जेसीजले पनि एक महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्दछ । यसका लागि नेपाल जेसीजले राज्यका निकायहरु संग सहकार्य गर्न आबश्यक छ । जेसीजको अबको नेतृत्वले त्यो गर्न सक्यो भने यसबाट हजारौ युवाहरु लाभान्वित हुने कुरामा दुई मत छैन । राज्यल पनीे ५६ बर्ष देखि युवाहरुको क्षेत्रमा काम गरिरहेको र हजारौ युवाको नेतृत्व गर्ने नेपाल जेसीजलाई बिश्वास गर्न आबश्यक छ । यदी राज्यले जेसीजलाई बिश्वास गर्ने हो भने देशभर उद्यमलिता सम्बन्धी तालिम तथा प्रशिक्षणहरु संचालन गरेर जेसीजले युवहरुलाई उद्यमशिल बनाउन महत्वपुर्ण भुमिका खेल्ने छ । देशभर रहेका जेसीजका शाखाहरु मार्फत् युवाहरुलाई उद्यमशिल बनाउन जेसीजले प्रेरित मात्र गर्देन उनिहरुलाई उद्यमशिल बनाउन जेसीज सक्षम पनि छ । यसका लागि अबको नेतृत्व ले काम गर्न आबश्यक छ । नेपाल जेसीज महाधिवेशनको पुर्व सन्ध्यामा छ । यो बेलामा हामीले खुलेर यो बिषयमा छलफल गरौं ।

अन्त्यमा , हाम्रो देशबाट बर्षेनि पलायन हुने गरेका युवाहरुलाई रोक्नका लागि उद्यमशिलता को विकासनै एक महत्वपुर्ण काम हो किनकी उद्यमशिलताको विकासबाट मात्र देशमा सम्बृद्धी संभव छ । युवाहरुलाइृ स्वरोजगार बनाउदै उनिहरुलाई उद्यमी बनाउन सकियो भने यसल् राष्ट निर्माणमा समेत महत्वपुर्ण भुमिका निर्वाह गर्दछ । राज्यका सम्बन्धित निकायहरुको यस तर्फ ध्यान जाओस् ।

(लेखक खनाल नेपाल जेसीजका पुर्व महासचिव तथा पुर्व राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष हुन् )

तपाईको प्रतिक्रिया