यज्ञमा पीपीईसहित बसेका बेहुला र बेहुलीले पीपीई बाहिरैबाट एकअर्कालाई वरमाला लगाइदिएका थिए । उनीहरुले भाइजर र मास्क पनि लगाएका थिए । उनीहरुलाई विवाह गराउने पुरोहितले पनि पीपीई सेट लगाएका थिए । बेहुला र बेहुलीको नाम भने खुलाइएको छैन । बेहुली बनेकी युवती र उनको परिवारलाई कोरोना संक्रमण देखिएपछि कोभिड–१९ सेन्टरमा राखिएको स्वास्थ्य अधिकारी राजेन्द्र मीनाले बताए । ‘हामीले दुवै पक्षका परिवारहरुसँग परामर्श गर्यौं र उनीहरु क्वारेन्टिन सेन्टरमा नै छोटोरुपमा विवाह सकाउन राजी भए’, उनले भने ।विवाहपछि बेहुला र बेहुली दुवैलाई आइसोलेसनमा राखिएको छ ।