Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

लक्ष्मी रेग्मी

आज चाहिँ महिला सशक्तिकरणका बारेमा केही लेख्नुपर्यो भनेर दिमागमा पुरूषहरूका कारण महिलाहरूले भोग्नुपरेका अन्याय अत्याचारका कुराहरू सल्बलाइरहेका बेला अचानक तरकारी पाकिरहेको ग्यास झ्याप्प निभ्यो।

सिलिण्डरको ग्यास रित्तिएछ। पत्रिका पढेर बसिराख्नु भएको श्रीमानसँग गुहार माग्न कर लाग्यो। टाउको कन्याउँदै भने, ‘ए हजुर तलबाट ग्यास बोकेर माथि ल्याइदिनुपर्यो। हिजोदेखि मेरो ढाड एकदम दुखिराखेको छ।’ केही नबोली सरक्क ल्याइदिनुभयो। सिलिण्डरको साटो मैले तरकारी केलाइ दिनु भनेको भए बरु अन्य जवाफ आउँथ्यो होला कि ?

तर भारी उचाल्ने काम पुरूषले नै गर्नु पर्दछ अथवा महिलालाई गह्रौ कुरा उचाल्न लगाउनु हुँदैन भन्ने जस्ता कुरा उहाँको मनमष्तिष्कमा जरा गाडेर बसिसकेको भएर होला आफ्नो जिम्मेवारी ठानी चुपचाप गर्नुभयो।एकछिन अघिसम्म वर्षाको भेलझैं बगेको महिला सशक्तिकरणका भावहरू अचानक शान्त तलाउ जस्तो भयो।

मेरो सोचले नयाँ मोड लियो। पुरूष वर्गको पीडाको विषयमा कलम चलाउने विचार गरें।हुन त एउटी महिला भएर पुरूषको वकालत गरेको भनी मेरै समूहबाट मलाई बहिष्कार गरिने प्रबल सम्भावना देख्छु। तर पनि सत्य र यथार्थको पक्षमा केही लेख्ने जमर्को राख्दै जोखिम मोल्न चाहें।

वास्तवमा नारी शक्ति हुन् भने पुरूष सहनशक्तिका पर्याय हुन्। धैर्यताका नमूना हुन्। आफ्नी पत्नी सतिदेवीको जिद्दीका अगाडि स्वयं महादेवको त केही सीप लागेनछ। सतिदेवीलाई निम्तै नगरेको ठाउँमा नजानू भन्दाभन्दै ढिठ कसेर दक्षको यज्ञमा जानाले आफ्ना पतिको अपमान सहन नसकेर आगोमा हाम फालेर मर्नुपर्यो।

आफ्नी पत्नीको मृत शरीर बोकेर सारा संसार घुमेका शिवजी स्वयं पत्नी पीडितका एक उदाहरण हुन्। पत्नी प्रेमको अनुपम नमूना शिवजीमा पाइन्छ।आजभोलि पत्नी पीडितरपती पीडित भन्ने शब्दहरू निकै चलनचल्तीमा रहेको पाइन्छ। पति वा पत्नीले भनेका हरेक चाहिँदा या नचाहिँदा कुरा मानिदिँदा पाइने दर्जा हो यो।

यस्तो अवस्थामा तुलनात्मक रूपमा जो बढी पीडित छ उसलाई समाजले पीडित समूहको अध्यक्षको पदमा विभूषित गरेको सुनिन्छ। कतिपय अवस्थामा पुरूषका तिनै सहनशिलता तथा सौहार्दताको फाइदा महिलाले उठाइरहेको पाइन्छ। प्रख्यात दार्शनिक सुकरात पनि आफ्नी धर्मपत्नीसँग आजित भएर आफू दार्शनिक बनेको कुरा उनका भनाइहरूमा उल्लेख भएको पाइन्छ।

परिवारमा सधैं कचकच र अशान्ति हुनुभन्दा मर्नुभन्दा बौलाउनु बेस् ठान्दै खसीलाई पर्सिदा मानो मानो भनेजस्तै चित्त नबुझ्दा नबुझ्दै पत्नीका कतिपय मागहरू पूरा गरी रहेका हुन्छन्। वास्तवमा सही अर्थमा को पीडित छन् तरुखुट्याउन जरूरी छ। विवाह गर्नुअघि दाजुभाइबीच झगडारमनमुटाव परेको समाजमा हामीले कमै मात्र सुनेका हुनुपर्दछ। तर विवाहपश्चात कलहको बिउ रोपिन्छ। जब–जब दाजुभाइबीच झगडा भएको सुनिन्छ अपवादबाहेक त्यहाँ जहिले पनि महिलाको उपस्थिति रहेको हुन्छ।

नङ र मासु जस्तै छुट्टिन नसक्ने गरी मिल्ने दाजुभाइ एकाएक बैरी भइदिन्छन् जसको अधिकांश कारण महिला नै हुने गर्दछन्। असल महिला परिन् भने परिवार जोडिन्छन्, खराब महिला परिन् भने परिवार बिखण्डित हुन्छ र त्यस पीडाको भागिदार पुरूष हुन्छ। पुरूष भनेको कठोर हुनुपर्दछ। निडर हुनु पर्दछ। भावनामा बगेर लोग्ने मान्छेले कहिल्यै आँसु बगाउनु हुँदैन। नारीको रक्षक बन्नु पर्दछ। यस्तै खालका अर्तीउपदेशका कुराहरूले बेलुन झैं फुलाउँदै बाल्यावस्थादेखि नै एउटा पुरूषलाई हुर्काउँदै सामाजिकीकरण गर्दै आउँछ समाज।

के पुरूषको भावना हुँदैन ररु महिलालाई दुख्दा पुरूषलाई दुख्दैन ररुनभए महिलाको आँसुलाई सहज र जायज मान्ने समाजले पुरूषको आँसुलाई किन असहज ठान्दछरुएउटा पुरूष आक्रामक र हिंस्रक हुनुमा उसले आफ्ना मन भित्रका कुण्ठित भावनाहरू व्यक्त गर्न नसक्दाको नतिजा पो हो कि ?

विभिन्न मानसिक तनावबाट गुज्रिरहेको अवस्थामा कसैसँग आफ्ना भावनाहरू व्यक्त गर्न अत्यन्त आवश्यक हुन्छ जसले धेरै हदसम्म तनाव मुक्तिमा मद्दत पुर्याउँदछ। पति भनेका पत्नीहरूका ‘क्रोध विसर्जन गर्ने बैंक’ हुन्। परिवारका कुनै सदस्यसँग चित्त नबुझेका खण्डमा पत्नीले सोही बैंकमा डिपोजिट गरिदिए पुग्छ।एउटा यस्तो बैंक जसले बोनस मात्र दिन्छ।

रिसको बदलामा प्यार।तर एउटा पुरूष भएर मनन गरौं न उसलाई कति कष्ट छ परिवारलाई मिलाएर राख्न। श्रीमतीले भनेको मानौं जोइटिङ्ग्रेको उपनाम कमाइने, परिवारले भनेको मानौं श्रीमतीजी आगो। शताब्दीऔंदेखि समाजमा सम्पत्तिमाथि पुरूषको एकाधिकार थियो। पितृसत्ताको राज थियो। जसमा महिलाहरूले धेरै दुःख कष्ट भोग्नुपर्‍यो।

सम्पत्तिमा एकलौटी राज गर्न पाउने भएकाले उनीहरूले महिलाहरूलाई ‘कठ्पुतली’ बनाएर राखेको इतिहास साक्षी छ। तर अहिले समय फेरिएको छ। कानूनी व्यवस्थामा फेरबदल आएसँगै विस्तारै सम्पत्ति माथिको अधिकार महिलाको हातमा जान थालेको छ र पुरूषहरू सम्पत्तिविहीन बन्दै छन्। महिलाका नाममा घर जग्गा किनबेच गर्दा रजिष्ट्रेसनमा सहुलियतको लोभ लालसाले आजभोलि ग्रामीण तथा सहरी क्षेत्रमा श्रीमतीको नाममा सम्पत्ति राख्ने चलन बढ्दो छ।

परिवारको आर्थिक पक्षको जिम्मेवारी महिलामा भन्दा पुरूषमा बढी हुने गर्दछ। मेरो नजिकको आफन्तको घटना सम्झन्छु। नेपालमा दुःख गरेर परिवारको खर्च धान्न नसकेपछि पुरूष विदेसिन्छन्। खाडी मुलुकको गर्मीमा परिवारलाई झल्झली सम्झँदै बचाएर पठाएको रकम नियमित रूपमा श्रीमतीलाई पठाइरहन्छन्। फर्केर आउँदा त जुन दलालले विदेश पठायो, उसैसँग आफ्नी श्रीमती टाप। बिचरा ती पुरूष अहिले मानसिक रूपमा विक्षिप्त छन्। पुरूष ठगिएका र अन्यायमा परेका यस्ता कयौं उदाहरणहरू छन्। वैदेशिक रोजगारीले नेपाली समाज विखण्डनको बाटोमा अग्रसर हुँदैछ।

परिवाररूपी रथका दुई पाङ्ग्राका रूपमा महिला र पुरूषलाई लिइन्छ। यस रथलाई बिना दुर्घटना गन्तव्यसम्म पुर्याउन अर्थात् हाँसीखुसी सहज रूपले जीवन बिताउन महिला वा पुरूषले एक अर्कालाई होच्याउने, दबाउने तथा जीत र हारको प्रतिस्पर्धा गर्नेभन्दा एकअर्काको भावनालाई सम्मान गर्न जरूरी छ।

महिलामाथि हुने हिंसा र पीडाको कारक कतिपय ठाउँमा पुरूष नभएर महिला नै हुन्छन्। टेलिभिजनमा दैनिक हेरिने अधिकांश सिरियलहरूमा भिलेन महिला नै हुन्छन्। हो महिलामाथि विभेद भएकै हो। अहिले पनि असह्य दुःख, कष्ट र पीडामा महिलाहरू छन् र यिनै विभेदको अन्त्य गर्न विभिन्न खाले आन्दोलनहरू भए जुन जरूरी पनि थियो।

तर पुरूषहरू पनि अदृष्य रूपमा विभेदमा परेकै छन्। फरक यत्ति हो पुरूषहरू महिलाले जसरी सहज रूपले आफ्ना पीडा प्रकट गर्न सक्दैनन्। उनीहरू कसैले कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि दौडिनको साटो पहिला आफ्नो कान छाम्छन्। सबै पुरूषहरूले महिला हिंसा गर्छन् भन्ने आरोप लगाउन मिल्दैन।

बोरामा रहेको एउटा आलु कुहियो भन्दैमा सबै आलु बिग्रेको भन्न मिल्छ ररुकुहिएका आलु फालिदिँदा अन्य आलुहरू सुरक्षित भएझैं केही खराब पुरूष वर्गका व्यवहारका कारण सम्पूर्ण पुरूष जातिलाई दोष लगाउनु न्याय होला त ? सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया