डा. निरासिंह श्रेष्ठ
गर्भवती महिलामा सुगर र थाइराइडको समस्या देखिनु सामान्यजस्तै भइसकेको छ। यसलाई हेलचक्र्याइँ गरियो भने दुर्घटनासमेत निम्त्याउन सक्छ।गर्भवती महिलामा देखिने सुगर र थाइराइडको नियन्त्रणका विषयमा केन्द्रीत रहेर हामीले नेपाल मेडिसिटी अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा निरासिंह श्रेष्ठसँग भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंश
-अहिले जसलाई पनि थाइराइड देखियो, सुगर देखियो भनिन्छ। यो केस बढेकोभन्दा पनि परीक्षण बढेको हो। पहिलादेखि भइरहेको समस्या पनि देखिएको हो।
-शरीरमा हर्मोनको गडबड भइरहने भएकाले सुगर बढ्न जान्छ। यसलाई नियन्त्रण गर्न नसके पछि समस्या आउन सक्छ।
-यसलाई राम्रोसँग लैजान सकिन्छ, आत्तिनु पर्दैन। नदेखिएको राम्रो हो। देखिए पनि नियन्त्रण गर्न सकिन्छ।
-सुत्केरी भएपछि थाइराइड र सुगर सामान्य अवस्थामा फर्किन सक्छ।
-लापरबाही गर्यो भने जटिलता हुन्छ। आमालाई भन्दा बच्चालाई जोखिम हुन्छ। बच्चाको ज्यानसमेत जान सक्छ भने असामान्य बच्चा जन्मिन सक्छ। त्यस्तै बच्चालाई सुगरसमेत देखिन्छ।
-सुगर र थाइराइड भए-नभएको परीक्षण गरेरमात्रै थाहा हुन्छ। त्यसैले गर्भवती महिलाले यसको परीक्षण गर्नैपर्छ किनकी धेरैलाई लक्षण देखिँदैन।
-आजकल धेरैजसो महिलाहरू धेरै उमेरमा गर्भवती हुन्छन्। उमेरका कारणले पनि यस्तो भएको हुनसक्छ। अनि हाम्रो जीवनशैली र तनावपूर्ण दैनिकी पनि जिम्मेवार छ।
-यसको उपचार समयमै भयो भने जन्मिएको बच्चालाई केही असर गर्दैन।
-सामान्य अवस्थामा सुगर थाइराइड भएमा बच्चा जन्माउने योजना बनाउने कि नबनाउने भन्ने हुन्छ। यसको उपचार गरेर र निगरानी गरेर महिलाले योजना बनाउन सक्छन्।