
चितवन । कालिका नगरपालिकामा स्थाई घरभै विभिन्न कामको सिलसिलामा बिदेशमा पुगेर घर फर्केका प्रबासी नेपाली हरुले कालिका नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।कोरोना संक्रमणबाट घर फर्कन बाध्य भएका प्रवासी नेपाली हरुले आफुहरुलाइ स्थानिय सरकारले आवस्यक सहयोग गर्न अनुरोध गरेका छन ।
१६ बुंदे ज्ञापन पत्र नगर प्रमुख खुमनारायण श्रेष्ठलाई बुझाउदै उनिहरुले आफुहरु लाई नेपालमै केहि गर्ने बाताबरण मिलाइदिन स्थानिय, प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको कालिका २ पदमपुर निवासी प्रबासी नेपाली संघ भारतका सचिब दुर्गादत्त पौडेलले जानकारी दिए ।उनीहरुले प्रवासी नेपाली हरुले बिदेशमा भोग्नुपरेको समस्या र स्वदेश फर्किएका नेपालीको अबस्थाको बारेमा पनि जानकारी गराएको पौडेलले जानकारी दिए ।