– सुदीप मिश्र
नेपालमा विकासको प्रशस्त चर्चा भएपनि तदनुरुप गति लिन सकिरहेको छैन। आमरुपमा जनताका इच्छा आवश्यकता र अधिकार सम्पन्नता सँग विच्छेद गरेर सिमित भौतिक सुविधाको मात्र उपयोग गरेको देखिन्छ। वास्तवमा विकास जनता स्वयंले उनीहरुकै चाहना छनोट र सहयोग सहभागिताबाट प्राप्त गर्ने वृद्धि हुने प्रक्रिया हो। बिकास वृद्धि र परिबर्तनको योग पनि हो।यो सामाजिक तथा सास्कृतिक र आर्थिक परिवर्तन हो। यो परिवर्तन गुणात्मक तथा परिमाणात्मक दुबै हुन्छ। विकासले आर्थिक समुन्नतिको कुरा मात्र होइन मानसम्मान न्याय र समानताको बिकास सम्बन्धि बिचारलाइ पनि प्रभावित गर्छ। वातावरण तथा विकाससम्बन्धी विश्व सम्मेलनले विकासलाई भावी सन्ततिको आवश्यकता कुरा गर्न सक्ने अवस्थालाई नबिगारि आजको आवश्यकता पूरा गर्ने प्रक्रियाको रूपमा लिएको छ।
विकासका उद्देश्यहरुः मा गरिबीको अन्त्य गर्ने, उत्पादनशील रोजगारीको उपलब्ध गराउने र सम्पूर्ण जनताका आधारभूत आवश्यकताहरू पूरा गर्ने र उपयुक्त सामाजिक जीवन तथा त्यसको अनुकूल हुने गरी भौतिक आधार तयार गर्ने विषयहरुमा समावेश हुन्छन्। यसले न्यायपूर्ण वितरण मा र जीवन निर्वाहको भौतिक स्तर मात्र होइन जिबनको गुणस्तरमा जोड दिन्छ।
माथिको विवेचना ले के देखाउँछ भने वस्तु र सेवाहरु उत्पादनमा वृद्धि त्यसको न्यायपूर्ण वितरण र उत्पादन तथा वितरण र उत्पादन तथा बितरणको सुबिचारित दिगोपननै समग्रमा विकासका पक्षहरु हुन्। यी विकासका आर्थिक सामाजिक र वातावरणीय पक्षहरु पनि हुन्। तीनवटै पक्ष हरुले सकारात्मक परिवर्तनलाई गति प्रदान गर्छन्। मानव विकासको क्रमसँगै राम्रा र नराम्रा दुबै कुराहरु देखिंदै आयो। प्रगती र बिनाश ,समानता र शोषण तथा जन जागरण एवं निरंकुश व्यवस्थाहरु सह अस्तित्वमा रहे। वर्गहरु जातिहरु र महिला तथा पुरुष शक्ति अधिकार क्षमता र स्वामित्वका सबै क्षेत्रमा फरक फरक स्तर र अवस्थामा रहे। त्यसैले समाजमा असमानता अन्यायशोषण र दमन कायम रहेको कारणले यसको प्रतिवाद पनि भइरह्यो अन्तत मानबिय सम्भावनालाई व्यबहारमा उतार्न प्रयत्नहरू भए ।यसरी नै प्रकृतिले खडा गरेका अवरोधहरु हटाउने बैयक्तिक एवम् सामुहिक कोसिस पनि भए। जहाँसम्म सामुन्द्रिक विकासको क्षेत्र छ यसभित्र मानवसमाज र त्यस विशिष्टता हरु अन्तर सम्बन्ध हरु गतिशीलता हरु र बाधा तथा अन्तरविरोधहरू पर्छन्। समाजमा न्याय प्रगति र नयाँ पहल सम्भावनाहरूको अध्ययन र त्यसको समाजको रुपान्तरणको कामहरु पनि यसको क्षेत्र भित्र पर्छन्। विशिष्टताको हिसाबले यसमा न्यायपूर्ण वितरण लैङ्गिक समानता सामाजिक सेवाहरूको उपलब्धता तथा गुणस्तर पारदर्शिता एवं सहभागिता जस्ता विषयहरू समावेश हुन्छन्।
सहभागितामूलक सामाजिक विकासमा उत्पीडनमा परेका तथा जीवन निर्वाहका कठिन अवस्थामा रहेका विभिन्न वर्ग सँग जाति एवं जनजातिका महिला तथा पुरुषहरु को सामाजिक मुक्ति अभियान र आन्दोलन दुवै हो जनजाति दलित र महिला आन्दोलनबारे यसै पेरिफेरीमा भए। यसको उद्देश्य आधारभूत आवश्यकता सामाजिक न्याय र विकास अवसर सर्वसुलभ भएको थियो। त्यो सभ्य र सम्पन्न समाजको निर्माण गर्नु हो। यस्मा जातियाताको राग आउन दिनु हुन्न।यस्को उद्देश्य आधारभुत आबश्यकता,सामामाजिक न्याय र बिकास अबसर सर्बसुलभ भएको सचेत ,सभ्य सम्पन्न समाजको निर्माण गर्नु हो। यो समाज परिवर्तनको प्रकृया पनि हो जुन अपमान ,असमानता अनभिज्ञता र अन्यायका का विरुद्ध गतिबान भइरहन्छन्। यसले सकारात्मक विभेदको औचित्य र आवश्यकतालाई स्वीकार गर्छ र समाजको अग्रगति लाई रोक्ने मानवीय सामाजिक एवं भौतिक अवरोधहरुसंग लड्नाअधार,ज्ञान कौशल तथा उर्जा प्रदान गरिरहन्छ। जनता आफैं संलग्न हुनु भबिष्यमुखी हुनु,गतिवान हुनु र न्यायको पक्ष लिनु यसका बिशेषता हुन् ।
सहभागिता मुलक सामाजिक विकासका समस्या र सम्भावनाहरूको विवेचनामा गरिबी निवारण सशक्तीकरण सामाजिक न्याय जनसहभागिता सचेतिकरण र सांस्कृतिक समायोजन जस्ता बिषय हरुले महत्व राख्छन्।यी बिषयहरुकाअतिरिक्त शिक्षा र स्वास्थ्य जस्ता सामाजिक सेवाहरु पनि सहभागीतामुलक सामाजिक विकासका विशेष क्षेत्र भित्र पर्छन्।
वास्तवमा गरिबीले आधारभूत आवश्यकता पूरा गर्न नसक्ने र क्षमता विकास गर्न नसक्ने अवस्था मात्र होइन निश्चित किसिमका व्यवहार र विश्वासको सिर्जना गर्छ जसमध्ये भाग्यवाद एक हो। यसले गरिब भएको कुरालाई सहज स्वीकारे बनाइदिन्छ र गरिबलाई गरिब कै अवस्थामा राख्ने काम गर्छ गरिबीको भावनाले आशाबिहिन र शक्तिबिहिन भएको अनुभूति को जन्म दिन्छ र यसबाट बाहिर आउने र जीवन परिवर्तन सम्भब पार्नेआत्मविश्वासलाई घुमाई दिन्छु।
नेपालको आम वास्तविकतालाई मूल असमानताको धरातल भएको गरिबीले अभिव्यक्त गर्छ।असमानता र गरिबीको अन्तरसम्बन्धलाई बुझ्न समानताका बारेमा विवेचना गर्नु सान्दर्भिक हुन्छ। अहिले धेरै विवादास्पद रहेका विकास र राजनीतिक शब्दहरु शब्दावलीहरु मध्ये समानता पनि एक हो। यसको अर्थ जस्ता जसलाई जस्तै लगाउन सुविधा हुन्छ। त्यसैगरी लगाउने चलन चलेको छ।धेरै दुरुपयोग भएको यस शब्दको व्यवहारिक प्रयोगको हिसाबले लगाउने अर्थ सापेक्षता र निरपेक्ष को व्याख्या र अपब्याख्याबिच फसेको छ। निरपेक्ष समानता असम्भव हो र कहिँ उपलब्ध भैहाल्यो भने पनि यो नितान्त अस्थायी हुन्छ। त्यसैले सामाजिक विकासको क्षेत्रमा यसको सापेक्षताको सीमालाई स्वीकार गरिन्छ र आम समानता भित्र अनेकौं सामानता र विभेद हुनसक्छन् भन्ने कुरालाई सामान्य ढंगले लिइन्छ। आम समानता भन्नाले सामाजिक क्षेत्रमा सबै आधारभूत आवश्यकताहरू पूरा भएका छन वा सबै छैनन सबैमा सक्षमता छ वा सबैमा छैन र सामाजिक वन्चनाको सिकारहुनबाट सबै मुत्त छन वा सबै छैनन भन्ने निरपेक्ष अर्थमा होइन यी तीन बिषयमा बर्गहरु,जातिहरु एवं महिला पुरुष बिच परिमाणात्मक फरक कति छ र यसले न्य्यय र प्रगतिलाइ प्रोत्साहित गर्दै फरकलाइ घटाउँछ वा त्यसको उल्टो परिणाम दिन्छ भन्ने गुणात्मक मतभिन्नताको सन्दर्भ मा लिइन्छ समानतालाई जहिले पनि लक्ष्य पूर्व प्रस्तुत गर्ने गल्ती हुँदै आएको छ यद्यपी यो सामाजिक अन्तरकृयालाइ संचालित गर्ने र प्रगतिशील दृष्टिकोणलाई व्यवहारमा रुपान्तरण गर्ने महत्वपूर्ण प्रक्रिया पनि हो। निरपेक्षता र लक्ष्यको सिकार भएको समानतालाई सापेक्षता र प्रक्रियाको रूपमा समेत राखेर हेर्दा गरिबीहरु को यसको सम्बन्धलाई स्पष्ट रुपले देख्न सकिन्छ उत्पादनका साधन माथिको स्वामित्व अवसरसँगै पहुँच र निर्णय को अधिकार सबको समानताशीत गरिबीलाई मिलाए हेर्ने सबभन्दा उपयुक्त उदाहरण प्राकृतिक सम्पदा जमिन इन्धन र पानीसिप र रोजगारी तथा सामुदायिक राजनीतिक सहभागिता र नेतृत्वका तीनवटा क्षेत्र का विषयमा बिशेषत ध्यान पुर्याउनुपर्ने हुन्छ।
सहभागितामूलक सामाजिक विकासमा शिक्षा , स्वास्थ्य र सशक्तीकरणलाइ उच्च स्थानमा राखेर देशले आर्थिक क्रान्ति गर्न सम्भव देखिन्छ यसबाट अलग राखेर हामी पूर्ण समाजको परिकल्पना गर्न सक्दैनौ।
सारांशमा सामाजिक उत्पीडनमा परेका जाति विपन्न वर्ग र विशेष समुदायको पक्षमा सकारात्मक रुपले गरिने विभेदलाई गर्दछ। त्यस्तो समानता र न्यायसंगतता दुबैसङ सरोकार छ। सामाजिक न्याय क्षेत्रमा वातावरण सिर्जना सामाजिक कारबाही र आन्दोलन तथा त्यसको संस्थापनका कामहरु एवं चरणहरु छन्। व्यवसायिक गैरसरकारी संस्थाहरूको वातावरण सिर्जना मा सक्रियता बादी सामाजिक संस्थाहरु स्थानीय स्वयं सेवि संस्थाहरूको वातावरण सिर्जना र सामाजिक कारबाहीमा तथा राजनीतिक पार्टी र वर्गीय संगठनको वातावरण सिर्जना सामाजिक परिवर्तन बाहक तथा परिवर्तन संस्थापन गर्ने काममा सबै लागि परे प्रभावकारी ढ्ङ्गले लगाउन सक्छ। सरकारले सामाजिक न्याय सुनिश्चित गर्ने र निरन्तरता दिने उत्तम व्यवस्था गर्नुपर्छ ।यिनै बिषयहरुलाई आत्मसात गरे देशले कोल्टे फेर्नेछ।
………………………………………………………………………..
मिश्र भ्रष्टाचार विरुद्ध अभियान चितवन ,नेपाल भरतपुर १२ को सहयोगी समुहको सदस्य हुनुहुन्छ।