Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । पुरुषमा पुरुषत्व कति छ ? अर्थात् यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउने अध्ययनले देखाएको छ । अध्ययन अनुसार आफ्नो प्रजनन् चक्रको चरम सिमामा रहेका महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका शरीरबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति बढि आकषिर्त हुन्छन् ।

अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो । अध्ययनका क्रममा केही पुरुषहरुलाई दुइ रातसम्म एउटै टिसर्ट लगाउन दिइएको थियो र उनीहरुलाई शरीरमा कुनैपनि सेन्ट छर्किन नदिइ धूम्रपान, मध्यपानका साथै लुसन, प्याज, खुर्सानी तथा अरु बासनायुक्त खाना खान समेत दिइएन । त्यसपछि ती पुरुषहरुको शरीरबाट उनीहरुले लगाएका टिसर्ट फुकाली महिलाहरुलाई सुँघ्न दिइयो र कुन टिसर्टको गन्ध मन पर्यो ? परेन ? भनेर सोधियो । साथै उनीहरु रजस्वला चक्रको कुन अवस्थामा छन् भन्ने कुरा पनि सोधियो ।

शोधकर्ताहरुले टिसर्ट लगाउने पुरुषहरुको ¥यालको नमूना लिएर हर्मोनको मात्रा समेत चेकजाँच गरे । नतिजाले के देखायो भने आफ्नो रजस्वला चक्रको पिकमा रहेका महिलाहरुले बढि हर्मोनयुक्त पुरुषले लगाएको टिसर्टको गन्ध मन पराए र त्यो टिसर्टको गन्ध मनलाग्दो, सेक्सी भएको जवाफ दिए ।

यसबाट पत्ता लग्यो कि पुरुषको यौन क्षमता कति छ भनेर महिलाहरुले गन्धको आधारमा पत्ता लगाउन सक्छन् । त्यसैले शारीरिक सुन्दरता मात्रै होइन, शरीरबाट निस्किने गन्धले पनि पुरुषको यौन क्षमता पत्ता लाग्छ भन्ने प्रमाणित भयो । तर समाजमा हेर्दा हट्टाकट्टा र सुन्दर देखिने पुरुष यौन मामिलामा पनि क्षमतावान हुन्छ भन्ने भ्रमण छ । वास्तविकता त्यस्तो होइन भन्ने कुरा अनुसन्धानकर्ताहरुले निष्कर्ष निकालेका छन् । (एजेन्सीको सहयोगमा)

तपाईको प्रतिक्रिया