बद्रीनाथ गैह्रे
आज भाद्र २२ खुशी
मनाउनौं निजामती हुनाले
समस्याका पोकाहरु कसौं
आऊ सेवाका तुनाले ।
न तलब खान पुग्ने छ न त
अरु सुविधा नै छ
तर पनि खुशी नै छु भन्छ है
यो मनको कुनाले ।
आफैं मात्र जीउने हैन
अरुलाई नि जीउन देऊ
त्यसै खुशी मिल्छ साथी
अरुको खुशीले छुनाले ।
राख्नुहुन्न ईष्याभाव कसैको
सबैको भलो चिताउँ
ढिन्न है साथि अगाडी आफैं
मात्र सम्झी रुनाले ।
देश बदल्नु छ बदल्नु छ
गाउँ शहर आफैंलाई
आउ हातमा हात मिलाउँ
निजामती हुनाले ।
आज भाद्र २२ खुशी
निजामती हुनाले
समस्याका पोकाहरु कसौं
आऊ सेवाका तुनाले ।