देवचुली ।
देवचुली नगरपालिकाकी एक महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । भरतपुुरमा भएको परिक्षणमा आज देबचुली १० घर भई देबचुली १५ प्रगतिनगरमा ब्यवसाय गरी बस्ने ३७ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो ।
देबचुली नगर स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार केही दिनअघिदेखी ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि उनी स्वास्थ्य चेकजाँचका लागी भरतपुरस्थित सीएमसी पुगेकी थिईन् । अहिले उनलाई प्राकृतिक चिकित्सालयको आईशोलेशन राखिएको छ ।
उनले ब्यवसाय गर्ने प्रगतिनगर बजार क्षेत्र भने शिल गरिएको छ । सँगै देवचुली १० गणेश टोलमा रहेको उनको घर क्षेत्रमा समेत शिल गरिएको देवचुली १० का वडाअध्यक्ष केशर आलेले जानकारी दिनुभयो ।