
सुदिप मिश्र
नेपालमा मात्र नभई विश्वकै अधिकांश देशहरुमा कोरोनाको कारण शिक्षा प्रणाली समस्याग्रस्त छ ।पठनशिपको विकासका नवीन तौर तरिकाहरु सम्भवतः सबै देशहरुले अपनाइरहेको पाइएको छ, तर सबै पुर्णरुमा प्रभावकारी हुन सकिरहेका छैन नेपालको सन्दर्भमा केही समय अनलाइन शिक्षा दुर शिक्षा लगायतका अन्य विधिहरु मार्फत शिक्षण कार्यलाइ सहजीकरण गर्न खोजिएता पनि यसको पूर्ण उपयोग र प्रवाहको प्रभावकारिता विद्यार्थीमा देख्न सकिएन। शैक्षिक सत्रको चार महिना पार गरी पाँचौं महिनामा प्रवेश गरिसकेको छ भने कोरोना प्रभाब र त्रास तीव्र गतिमा फैलिरहेको छ। बालबालिकाहरूको मनोविज्ञानमा पनि यसले नराम्रो असर पारिरहेको छ ।
अहिले उनीहरूको दैनिकी नै परिवर्तन भइरहेकोआवास हामी सहजै गर्न सक्छौ। यसलाई आवश्यक योजना बनाई समयमा नै सम्बोधन गर्न शिक्षा सरोकारवालाहरु लागिपर्नु पर्ने देखिन्छ ।सम्भावित विकल्पहरूको खोजी गर्नुपर्ने देखिन्छ। शैक्षिक सत्रलाइ खेर जान नदिन उपयुक्त गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउन अब ढिला गर्नुहुँदैन ।बिकल्प मध्येको सर्वोत्कृष्ट विकल्पले सबैको पहुँच पुग्ने नीति बनाउन आवश्यक देखिन्छ। यस सन्दर्भमा देशैभरिका विद्यार्थीहरुलाई हातहातमा पाढ्यपुस्तक साथ साथै सबै बिषयहरूको बिषय शिक्षकहरुले प्रश्नपत्र तयार गर्ने ,र उत्तरकुञ्जिका समेत विद्यार्थीको हातमा पुर्याउने काम अभिलम्ब प्रारम्भ गर्नुपर्छ ,र यस्को खर्चको ब्यबस्थापन सम्बन्धित निकायले गर्नुपर्छ।जसले शैक्षिक सिकाइलाई सहजीकरणका साथ उपलब्धि हासिल गर्न सकिनेछ भन्ने मेरो मान्यता हो।यसरी तयार गरिएका प्रश्नपत्र सहितको उत्तरकुञ्जिका को प्रभावकारिताको लागि प्रत्येक स्थानीय तह मार्फत देशैभरिका टोल टोलमा शिक्षा अनुगमन तथा निगरानी समिति गठन गर्ने ,यस कार्यमा शिक्षकहरुलाई समावेश गर्ने, जहाँ जुन टोलमा शिक्षक छैनन् त्यहाँ माथिल्लो कक्षाका विद्यार्थीहरुलाई समाविष्ट गर्ने र विद्यार्थीको सिकाइमा सहजीकरण गर्ने गर्नाले निश्चय नै सिकाई कार्यलाइ मद्दत पुर्याउने छ।
कोरोनाको प्रभाव कुनै निश्चिन्त नभएकोले शैक्षिक शत्रको अन्त्यमा विद्यार्थीहरूलाई उपलब्ध गराइएका पाठ्यपुस्तक प्रश्नपत्र र उत्तर कुन्जिकाको आधारमा परीक्षा लिने र यस वर्षको शैक्षिक सत्रलाई सफलीभूत बनाउन सकिनेछ ।सूचनाको उपयोगिता सम्भाव्यता भएका विद्यार्थी भाईबहिनीहरुलाई सुचनामा जोड्दै टोल टोलमा गठित शिक्षा अनुगमन तथा निगरानी समितिले आवश्यक सहयोग गरिदिने,जसबाट बालबालिकाहरुमा उत्साह र उर्जा पैदा गर्ने छ। सबै स्थानीय तहमा बनेको शिक्षा समितिले स्थानीय साधनस्रोतको भरपुर प्रयोग गरी व्यवहारिक एवं शैक्षणिक ज्ञानमा जोड दिनुपर्ने देखिन्छ। बिषय शिक्षकद्वारा तयार गरिएको प्रश्नपत्र सहितको उत्तरकुञ्जिका विद्यार्थीको हातमा थमाउन सके र सोको उपयुक्त अनुगमन र सहजीकरण गर्दै सम्भावित सूचना प्रविधिमा जोड दिएमा यो शैक्षिक सत्र खेर जाने छैन। हाम्रो देशको ७५३ ओटै स्थानीय तहमा पुगेको भर्चुअल शिक्षा तथा केही इन्टरनेट प्रदायक टि भि च्यानलहरु को प्रयोगले बहुमत विद्यार्थी ईन्टरनेटको सेवा र सुविधाबाट वञ्चित छन् ।त्यसबाट अपेक्षित लाभ लिन सकिरहेका छैनन्।
अत हामी सबै विकल्पहरूको प्रयोग गरी शिक्षालाई अगाडि बढाउनु आजको आवश्यकता हो। कोरोना कहरमा थुप्रै अभिभावकसँग बालबालिकाहरु गाउँ गाउँ पुगेको अवस्थामा निजी र सरकारी दुवै विद्यालयले त्यस ठाउँको स्थानीय निकायसँग समन्वय गरि ढिला नगरी आबश्यक सिकाइका सामग्री उपलब्ध गराउने योजना बनाउन आवश्यक छ। यसमा सरकारले पनि आवश्यक सहयोग सहितको गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।यसर्थ वैकल्पिक शिक्षा सिकाई लाइ खेर नजाने गरी विकल्पसहित अर्थात सबै भाइबहिनीहरू को पहुँच पुग्ने गरी सिकाइ सहजिकरण गर्नुपर्नेछ। यसतर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी छ।
मिश्र पन्चकन्या आधारभुत बिधालय आबुखैरेनी तनहुँका प्रधानाध्यापक हुनुहुन्छ ।