प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज सहिद दिवस मनाइँदै
काठमाडौं । देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज सहिद दिवस मनाइँदै छ ।
जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा सहिद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ ।
वीर शहीदहरुको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुप...


