देशकै सबैभन्दा ठूलो सबस्टेशन तयार, भोलि प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौँ । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते ९सोमबार० प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ ।
हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । यस्तै कूल ४००र२२० केभी क्षमताको स...


