काठमाडौंका दुई स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंका दुई स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोकमा र नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा भएका दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो ।
हरहर महादेवबाट मुलपानीतर्फ गइरहेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल अमरिंस चोकको एक घरको भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुली घर भई भक्तपुरको राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ । बरालको ट्रमा सेन्टरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाए...


