निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइने
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ ।आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान अनुसार आज प्रतिवेदन पेस गर्न लागिएको जानकारी दिए । यसैगरी प्रदेशको हकमा पुस २ गते प्रदेश प्रमुखसमक्ष निर्वाचन...


