×

राजनीति

स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने

स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने
काठमाडौं । स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ ।निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदान माग गरेको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्‍मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र...

सुकुम्बासी बस्तीका बासिन्दाद्धारा काठमाडौं महानगर घेराउ

सुकुम्बासी बस्तीका बासिन्दाद्धारा काठमाडौं महानगर घेराउ
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६...

समानुपातिकमा एमालेले कटायो २५ लाख मत, कसले कति ल्याए ?

समानुपातिकमा एमालेले कटायो २५ लाख मत, कसले कति ल्याए ?
काठमाडौँ । समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले २५ लाख ७ हजार ४०३ मत प्राप्त गरेको छ।त्यस्तै, दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ७७ हजार चार सय ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पुनः तेस्रोमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ हजार ८ सय ८५ मत प्राप्त गरेको छ। चौथोमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार एक सय ८६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४३ हजार एक सय ७१ मत, जनता समाजवादी पार्टीले ३ लाख ५१ हजार २ सय ६० मत प...

रौतहट नगएको भए मलाई नै उछिट्याउने रहेछन् : माधव नेपाल

रौतहट नगएको भए मलाई नै उछिट्याउने रहेछन् : माधव नेपाल
काठमाडौं । रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार कार्यकर्ताबाट बधाई थापे । सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उनलाई बधाई दिए । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराएका थिए । नेपालले चुनावी अनुभव आदान प्रदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलताको पनि चर्चा गरे । ‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिन...

संसदीय दलमा दाबी गर्ने शेखर कोइरालाकाे संकेत

संसदीय दलमा दाबी गर्ने शेखर कोइरालाकाे संकेत
विराटनगर ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दलमा दाबी गर्नेरनगर्ने साथीहरूसँग सल्लाह गरेर निर्णय लिने बताएका छन। मोरङ- ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावी प्रक्रिया नसकिँदै दलको नेता दाबी सुहाउँदो नहुने पनि उल्लेख गरे।‘नतिजा आइसकेको छैन, समानुपातिकमा को हुने थाहा छैन,’ उनले भने, ‘अहिले नै दलको नेताबारे कुरा किन गर्ने ? दलको नेतामा तपाईंको दाबी रहन्छरु भन्ने प्रश्नमा कोइरालाले भने, ‘म भर्खरै निर्वाचित भएको छ...

नेकपा फुटेपछि प्रचण्डलाई ओलीको पहिलो फोन : मिलेर अघि बढौं

नेकपा फुटेपछि प्रचण्डलाई ओलीको पहिलो फोन : मिलेर अघि बढौं
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् ।‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’ प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गरेका थिए । उनले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगा...

२८ हजार मतान्तरले एमाले अध्यक्ष ओली विजयी

२८ हजार मतान्तरले एमाले अध्यक्ष ओली विजयी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले बिजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ ।

गगनमाथि वाइसिएल इन्चार्जको आरोप- घण्टीसँग मिलेर गठबन्धनका सहयात्री हराउनुभयो

गगनमाथि वाइसिएल इन्चार्जको आरोप- घण्टीसँग मिलेर गठबन्धनका सहयात्री हराउनुभयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल इन्चार्ज राम प्रसाद सापकोटाले कांग्रेस महामन्त्री गगन थापामाथि घण्टीसँग मिलेर गठबन्धनका उम्मेदवारलाई हराएको आरोप लगाएका छन् । राजधानी काठमाडौं र ललितपुरमा गठबन्धनतर्फ माओवादी केन्द्र र नेकपा एसका सबै उम्मेदवार पराजित भएपछि सापकोटाले गगन थापा र उनको टिमले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा गठबन्धनका सहयात्रीहरुलाई हराएको दावी गरेका हुन् । सापकोटाले भनेका छन्–नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्र...

ललितपुर-२ को प्रारम्भिक नतिजामा एमाले अगाडि, लौरो दोस्रो

ललितपुर-२ को प्रारम्भिक नतिजामा एमाले अगाडि, लौरो दोस्रो
काठमाडौं । ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् ।आज बिहान साढे ६ बजेको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८७७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७९० र राप्रपाका उम्मेदवार रघुवर राज थाप...