×

राजनीति

निर्वाचन आयोगले भन्यो : ६१ प्रतिशत मतदान, ४ जिल्लाका १५ स्थानमा स्थगित

निर्वाचन आयोगले भन्यो : ६१ प्रतिशत मतदान, ४ जिल्लाका १५ स्थानमा स्थगित
काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका हुन् । सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए । आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए । सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए । सुर्खेत, नवलपरासी पूर्...

चुनावी आम सभालाई सम्बोधन गर्न ओली भाेलि चितवन आउने

चुनावी आम सभालाई सम्बोधन गर्न ओली भाेलि  चितवन आउने
चितवन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउँदै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउने भएका हुन् । गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी जनता सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । भरतपुरका तीन ठाउँमा जम्मा भएर कार्यक्रम स्थलको लागि...

कांग्रेस र माओवादी मिल्दा समृद्धिलाई गति दिन सकिन्छ : प्रचण्ड

कांग्रेस र माओवादी मिल्दा समृद्धिलाई गति दिन सकिन्छ : प्रचण्ड
काठमाडौं ।  मंसिर ४ मा हुने चुनावका लागि गोरखा २ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन्।प्रचण्ड गोरखा २ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट साझा उम्मेदवार छन्। आफ्नो निर्वाचन क्षेत्र गोरखा २ अन्तर्गत जौवारीमा आज बिहान भएको चुनावी कोण सभामा बोल्दै उनले विगतमा आमनेसामने र प्रतिस्पर्धामा उत्रिएका कांग्रेस र माओवादी अहिले एकै गठबन्धनमा रहे...

१२ बुँदे माग राख्दै रामचन्द्र पौडेललाई १२ किलोको माला

१२ बुँदे माग राख्दै रामचन्द्र पौडेललाई १२ किलोको माला
तनहुँ । नेपाली कांग्रेसका नेता तथा तनहुँ १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेललाई अर्चले गाउँका बासिन्दाले १२ किलोको माला लगाइदिएका छन् ।स्थानीय बासिन्दाले उनीसँग १२ बुँदे माग पनि राखेका छन् ।घर दैलो अभियानमा भानु नगरपालिका वडा नम्बर १२ स्थित अर्चले गाउँमा पुगेका पौडेललाई १२ किलोको फूलको मालाले स्वागत तथा सम्मान गरिएको हो । भानु १२ मा कम्तिमा पनि १२०० को मतको अन्तरले अग्रता लिनु भन्ने शुभकामनासहित १२ बुँदे विकासका माग राखेर पौडेललाई १२ किलोको मालाले स्वागत गरे...

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना
काठमाडौं । मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ ।फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न कात्तिक ३० गते छलफलका लाग...

आयोगले तोसिमा कार्कीलाई भन्यो- घन्टी बजाउँदै चुनाव प्रचार नगर्नू

आयोगले तोसिमा कार्कीलाई भन्यो-  घन्टी बजाउँदै चुनाव प्रचार नगर्नू
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ।आयोगको आचारसंहिता अनुगमन समितिले आफूलाई फोनमार्फत यस्तो निर्देशन दिएको कार्कीले जानकारी दिइन्। ‘मलाई आचारसंहिता अनुगमन समितिबाट भनेर फोन आएको थियो। उहाँले घन्टीले ध्वनि प्रदूषण भएको उजुरी परेको जानकारी गराउँदै घन्टी बजाउँदै चुनावी प्रचार नगर्न निर्देशन दिनुभयो,’ कार्कीले भनिन्।कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन

नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन
विराटनगर । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा निधन भएको हो ।विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । सुरूमा नोबेल मेडिकल कलेजमा भर्ना भएका थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचा...

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्नुभएको छ । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उहाँले दुःख व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दि...

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने
नवलपुर ।  निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाउने भएका छन् । आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्...