×

राजनीति

आज नवनिर्वाचित सांसदको शपथ, प्रमाणपत्र लिएर आउन संसद सचिवालयको आग्रह

आज नवनिर्वाचित सांसदको शपथ, प्रमाणपत्र लिएर आउन संसद सचिवालयको आग्रह
काठमाडौं ।  प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ खाँदैछन्। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा हुने शपथ समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर राणाले अन्य सांसदहरूलाई सपथ खुवाउने कार्यक्रम रहेको छ। शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन संघीय संसद् सचिवालयले अनुरोध गरेको छ।संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ। शपथका लागि सचिवालय...

सभापति देउवाले जितिसक्नुभयो, मत कति आउँछ भन्ने मात्रै बाँकी छ : कार्की

सभापति देउवाले जितिसक्नुभयो, मत कति आउँछ भन्ने मात्रै बाँकी छ : कार्की
काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन परिणाम सभापति शेरबहादुर देउवाको पक्षमा आउने दाबी गरेका छन् । मतदान स्थल बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले परिणाम देउवाको पक्षमा आउने बताएका हुन् । उनले भने, ‘परिणाम सार्वजनिक हुन मात्र बाँकी छ । सभापतिको पक्षमा कति मत आउँछ भन्ने मात्र हो । उहाँले जितिसक्नभयो ।’

राष्ट्रपतिले जबरालाई आज शपथ खुवाउँदै, सांसदहरुले भोलि

राष्ट्रपतिले जबरालाई आज शपथ खुवाउँदै, सांसदहरुले भोलि
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउँदैछिन् । बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् । उनले बुधबार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । नागरिकताको प्रमाणपत्र अनुसार जबराको जन्म मिति १९९८ मंसिर २४ गते छ । यही आधार...

सरकार गठनका लागि दलहरुलाई ७ दिनको समय

सरकार गठनका लागि दलहरुलाई ७ दिनको समय
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।आइतबार उनले संविधानको धारा ७६ ९२० अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ । हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र   

माओवादी पदाधिकारी बैठक बस्‍दै, यी विषयमा हुँदैछ छलफल

माओवादी पदाधिकारी बैठक बस्‍दै, यी विषयमा हुँदैछ छलफल
काठमाडौँ- नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताए । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको ...

नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेस स्रोतले बतायो । नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी...

बुधवारसम्म संसदीय दलको नेता चयन हुन्छ : गगन थापा

बुधवारसम्म संसदीय दलको नेता चयन हुन्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले मङ्गलवार या बुधवारसम्म संसदीय दलको नेता चयन हुने दाबी गरेका छन्।थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा नवनिर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा भोलि ३ बजे काँग्रेस कार्यसम्पादन समिति बैठक बोलाइएको भोलि नै निर्वाचन समिति बन्ने बताए। काँग्रेस नेता शेखर कोइरालाले संसदीय दलमा को लड्ने भन्ने विषय नितान्त काँग्रेसभित्रको कुरा भएको प्रतिक्रिया दिएका छन्। प्रमुख दल काँग्रेसभित्र संसदीय दलको नेताका ल...

प्रधानमन्त्री बन्ने कसरमा देउवा र दाहाल

प्रधानमन्त्री बन्ने कसरमा देउवा र दाहाल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले शक्ति बाँडफाटका विषयमा छलफल गर्न चाहेको तर देउवाले कांग्रेस संसदीय दलको नेता चयन हुने बेलासम्म पर्खिन आग्रह गरेको स्रोतले बताएको छ । माओवादी अध्यक्ष प्रचण्ड अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बनाउन र पहिलो पालोमा आफू प्रधानमन्त्री हुन चाहेका छन् । त्यसका लागि राष्ट्रपति, प्रधानमन्त्री, सभाम...

आयोगले निर्वाचन प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने

आयोगले निर्वाचन प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने
काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिए। यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको उनले जानकारी दिए। प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १,आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी वागमती पुगेका छन्। गण्डकीमा आयुक्त इश्वरीप्...