राजनीतिमा संवैधानिक समाजवाद
- कृष्णहरी पाैडेल
मानिस बौद्धिक, सचेत प्राणी भएकाले परिवर्तन चाहनु उसको नैसर्गिक स्वभाव हो। हिजो ढुङ्गेयुगबाट हुर्केको मानिसका कति पुस्ता त बाँदरको जस्तै जङ्गली जीवन वितायो। कति पुस्ता घर न घाटसँग जङगलमै गुजार्यो। अहिले सबै जनावरहरू जसरी बाची रहेका छन् त्यसरी नै बाच्यो। क्रोम्यान, होमोपिथेकस जस्ता मानिसका विभिन्न स्वरूप र अवस्थाहरूको अवशेष अहिले पनि अध्ययनका विषय बनेका छन्। त्यो समयमा पनि मानिस एउटा समूह बनाएर बस्थे। मिलेर सिकार खेल्थे । मिलेर खान्थे, पछि जब उनीहरूले धारि...


