माओवादी केन्द्रको काठमाडौं केन्द्रित प्रदर्शन स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको पार्टी महासचिव देव गुरूङले जानकारी दिए । काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा तोकिएका जनप्रदर्शनका कार्यक्रम भने यथावत रहेको उनले बताए ।
‘काठमाडौं केन्द्रित जनप्रदर्शनको कार्यक्रम स्थगित भएको छ । जाजरकोट र रुकुममा गएको भूकम्पब...


