×

राजनीति

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि महोत्तरीमा सुरु हुँदै

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि महोत्तरीमा सुरु हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि महोत्तरीको जलेश्वरमा सुरु हुँदै छ । मध्याह्न १२ बजेपछि बस्ने बैठकमा प्रदेश सभापति र इन्चार्जहरुलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ ।यसअघि गत कात्तिक २२ र २३ गतेका लागि तय गरिएको बैठक जाजरकोट भूकम्पपछि स्थगित गरिएको थियो । आजदेखि १३ गतेसम्म  चल्ने बैठकले पार्टीको आगामी नीति र राजनीतिक रोडम्याप तय गर्ने रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।उनका अनुसार बैठक केन्द्रीय अनुशासन...

तीनकुनेमा युवासंघको प्रदर्शन

तीनकुनेमा युवासंघको प्रदर्शन
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेको छ । अहिले प्रदर्शन जारी छ । प्रदर्शनमा युवासंघका नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

उपत्यकामा आज उच्च सुरक्षा सतर्कता, १० हजार प्रहरी परिचालन

उपत्यकामा आज उच्च सुरक्षा सतर्कता, १० हजार प्रहरी परिचालन
काठमाडौं । एमालेको भातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले गर्ने प्रदर्शनलाई मध्येनजर गर्दै आज उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर (जेओसिसी)  गठन गरिएको छ । सेन्टरको संयोजक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यलाई तोकिएको छ । जसमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका सात उच्च अधिकारी रहेका छन् । संघले तीनकुने र प्रसाईंले बल्खु क्षे...

युवा संघ र दुर्गा प्रसाईंको नेतृत्वको प्रदर्शन आज

युवा संघ र दुर्गा प्रसाईंको नेतृत्वको प्रदर्शन आज
काठमाडौं । काठमाडौंका दुई स्थानमा आज दुईवटा छुट्टाछुट्टै समूहले कार्यक्रम गर्दै छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाँअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् । युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदै छ । दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदै छ । विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने दुवै पक्षले तयारी गरेक...

स्थानीय सरकारसँग शासन गर्ने इच्छा मसँग छैन : मुख्यमन्त्री पाण्डे

स्थानीय सरकारसँग शासन गर्ने इच्छा मसँग छैन : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकार प्रदेशबाट स्थानीय सरकारलाई दिनुपर्ने अधिकार र स्रोत दिन आफू तयार रहेको बताएका छन् ।गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठकको अध्यक्षता गर्दै उनले स्थानीय सरकारसँग शासन गर्ने इच्छा आफूलाई नभएको बताए । “मैले सङ्घ सरकारसँग अधिकार मागिरहेको छु, फेरि म तपाईंहरुलाई दिनुपर्ने अधिकारमा शासन गर्ने मनस्थितिमा छैन, म त्यस्तो चाहन्न”, उनले भने । प्रदेशबाट स्थानीय सरकारलाई दिनुपर्ने अधिकार र स्रोत दिन प्रद...

सर्वोच्च अदालतमा ६ न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा ६ न्यायाधीश सिफारिस
काठमाडौं । राजनीतिक भागबण्डालाई निरन्तरता दिँदै न्यायपरिषदले सर्वोच्च अदालतमा रिक्त ७ मध्ये ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले दुई जना कानुन व्यवसायी र ४ जना उच्च अदालतका न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना उच्च अदालतका न्यायाधीश हुन् । त्यस्तै कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस...

भ्रष्टाचार अन्त्यका लागि सार्थक र योजनाबद्ध अभियानमा छौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

भ्रष्टाचार अन्त्यका लागि सार्थक र योजनाबद्ध अभियानमा छौँ : प्रधानमन्त्री ‘प्रचण्ड’
रुकुम पूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताएका छन् ।‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रूपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तर गङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको बताए । प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताए । ...

‘प्रधानमन्त्री कहिलेसम्म रहन्छु थाहा छैन तर सरकारबाट नयाँ आन्दोलन शुरु गर्छौं’

‘प्रधानमन्त्री कहिलेसम्म रहन्छु थाहा छैन तर सरकारबाट नयाँ आन्दोलन शुरु गर्छौं’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २०६४ कै स्थितिमा फर्किन नसके पनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्य कुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र सम...

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका...