कोशीमा पहिचानवादीका नाममा वितण्डा मच्चाउने संगठनका सबै नेता सत्ता गठबन्धनका
बद्री अर्याल
चितवन ।साविकको प्रदेश नं. १ को नामकरण कोशी प्रदेश भनेर प्रदेश सभाले घोषणा गरेको ९ महिना वित्यो । कोशी प्रदेश नाम राख्ने भनेर संसदमा पेश गरिएको प्रस्तावमा ४ जना सांसदबाहेक ८२ जनाले मतदान गरेर दुईतिहाई बढि बहुमतले नामकरण गरियो । एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की नेतृत्वको माओवादीसहितको सरकारले राखेको यो प्रस्तावमा कांग्रेस, एकीकृत समाजवादी, राप्रपासहितका सबै दलले कोशी नामका पक्षमा मतदान गरे ।
त्यसपछि कार्कीको सरकार ढलेर चारवटा सरकार बनिसके । तर, अझैं ...


