नेपाली कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै
काठमाडौं । नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ । प्रज्ञा भवन कमलादीमा दिउँसो एक बजे हुने कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् ।
कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्...


