काँग्रेसको तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि गैँडाकोटमा सुरुहुँदै
गैँडाकोट । नेपाली काँग्रेस नवलपुरको आयोजनामा तीनदिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि गैँडाकोटमा सुरु हुँदैछ ।
विजयविकास स्रोतकेन्द्रको सभाहलमा आजदेखि सुरु हुने तीनदिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको काँग्रेस उपसभापति पूर्ण बहादुर खड्काले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रशिक्षण कार्यक्रममा गाउँपालिकाबाट एकजना महिला सहित चारजना र नगरपालिकाबाट एक महिला सहित पाँचजना सहभागि हुने काग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
...


