×

राजनीति

राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो पार्टी

राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो पार्टी
  काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो । यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ स...

स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा

स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा
काठमाडौं । सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।   आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक विद...

आज राष्ट्रिय सभा निर्वाचन, नतिजा पनि आजै

आज राष्ट्रिय सभा निर्वाचन, नतिजा पनि आजै
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ ।मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगक...

सत्ताका लागि संसारभरी नै मारामार छ : देउवा

सत्ताका लागि संसारभरी नै मारामार छ : देउवा
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसारभर नै सत्ताका लागि मारामार भएको बताएका छन्।सत्ता सबलाई आवश्यक पर्ने भन्दै उनले सत्ताका लागि चुनाव जित्नुपर्ने बताए।‘सत्ता सबैलाई आवश्यक छ, सत्ताका लागि संसारभरी नै मारामार छ,’ उनले भने, ‘चुनाव लड्नुपर्छ, जनतामा जानुस्, जनतालाई सम्पर्क गर्नुस्।’ नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै देउवाले अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने दाबी गरे।कसैको बहुमत नआउने भएकाले नै अन्य दलसँग चुना...

एमालेले सरकारलाई बुझायो ७५१ बुँदे माग

एमालेले सरकारलाई बुझायो ७५१ बुँदे माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासच...

एमालेले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै

एमालेले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै छ।एमालेले आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझा...

राष्ट्रिय सभा निर्वाचन : आज रातिदेखि मौन अवधि, सामाजिक सञ्जालमा प्रचार गर्न नपाइने

राष्ट्रिय सभा निर्वाचन : आज रातिदेखि मौन अवधि, सामाजिक सञ्जालमा प्रचार गर्न नपाइने
  काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्‍गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने ...

सरकार देशका लागि बोझ बनिसक्यो : प्रदीप ज्ञवाली

सरकार देशका लागि बोझ बनिसक्यो : प्रदीप ज्ञवाली
  काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार देशका लागि बोझ बनिसकेको बताएका छन् । तत्काल ढाल्न सक्ने अवस्था पनि नरहेको भन्दै उनले गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक सङ्कटतिर धकेलिँदै गएको बताए।प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको बताए। ‘मेडिकल ट्रममा एउटा अवस्थालाई मल्टिपल अर्गान फेलियर भनिँदो रहेछ। राउटा रोग लागेर मान्छे अस्पताल भर्ना हुन्छ...

नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड

नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्दावित्तिकै रुसले मान्ने स्थिति नरहेको बताएका छन् । युगाण्डाबाट आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए । आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी ...