×

काठमाडौं । एमालेको भातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले गर्ने प्रदर्शनलाई मध्येनजर गर्दै आज उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर (जेओसिसी)  गठन गरिएको छ ।

सेन्टरको संयोजक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यलाई तोकिएको छ । जसमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका सात उच्च अधिकारी रहेका छन् ।

संघले तीनकुने र प्रसाईंले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने तय भएको छ । दुवै क्षेत्रमा सेन्टरकै कमान्डमा सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरि करिब सात हजार सुरक्षाकर्मी फिल्डमा खटिदैछन् । यसबाहेक हेडक्वाटर र उपत्यकाभित्रका तीनवटै जिल्लामातहतका कार्यालयबाटसमेत खटिने गरि करिब १० हजार सुरक्षाकर्मी परिचालित हुनेछन् ।

उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसएसपी दिनेश मैनालीले तीनकुने र बल्खुमा हुने प्रदर्शनको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन भइसकेको र सोही प्रयोजनका लागि डिआइजीको नेतृत्वमा जेओसिसी गठन भएको बताए ।

तपाईको प्रतिक्रिया