×

राजनीति

छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा ल्याइँदै, रविलाई बुटवल लैजाने तयारी

छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा ल्याइँदै, रविलाई बुटवल लैजाने तयारी
पोखरा- सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देहीबाट आज पोखरा ल्याइने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सोमबार रुपन्देही लगिएको थियो । बुटवस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत पूर्वडिआइजी जोशी सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कमा अनाधिकृत रुपमा लगानी गरेपछि बयानको लागि रुपन्देही लगिएको थियो । जोशीसँग दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुध्द एयरको जहाजमार्फत पोखरा ल्याउने तयारी गरेको प्रहरीको भनाइ छ । आज मध्याह्न साढ...

रास्वपाका २ उपसभापतिसहित ९ जनाविरुद्ध युवराज सफलले दिए जाहेरी

रास्वपाका २ उपसभापतिसहित ९ जनाविरुद्ध युवराज सफलले दिए जाहेरी
  काठमाडौँ । अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल तथा डा। स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध आन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेका हुन् । सफलले दुई जना उपसभापतिसहित रा...

सभामुखले संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै

सभामुखले संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै
काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै छन् । संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने उद्देश्यले सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएको सभामुखको सचिवालयले जनाएको छ । छलफल आज बिहान साढे ११ बजे हुने छ । सभामुख घिमिरेले विधेयकहरु दफावार छलफलमा रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा ...

जनार्दन र घनश्यामबिच भेटवार्ता

जनार्दन र घनश्यामबिच भेटवार्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्र का उपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबिच भेटवार्ता भएको छ । दुई नेताबिच बिहीबार भएको छलफलमा कम्युनिस्ट पार्टीबिचको सहकार्य, एकता, आन्दोलन, पछिल्लो देशको अवस्था तथा राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ । उनीहरूबिच कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउन सकिने उपायका बारेमा समेत कुराकानी भएको बताइएको छ ।

उपप्रमुख हुँदाहुँदै हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक

उपप्रमुख हुँदाहुँदै हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक
    विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।१७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् । धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतब...

पुन्य गौतममाथि निर्घात कुटपिट

पुन्य गौतममाथि निर्घात कुटपिट
काठमाडौं  -पुन्य गौतममाथि निर्घात कुटपिट भएको छ।सोमबार बेलुकी सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बेसीगाउँमा रहेको उनको घर अगाडिको बाटोमा गौतममाथि कुटपिट भएको हो। गौतममाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्।गौतमलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गरिएको छ। उनको टाउकोमा चोट लागेको छ। प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटन...

चीनबाट फर्केका रास्वपा नेताहरूको चेतावनी- रवि लामिछानेमाथि प्रहार गर्नखोजे प्रतिवाद गर्छौं

चीनबाट फर्केका रास्वपा नेताहरूको चेतावनी- रवि लामिछानेमाथि प्रहार गर्नखोजे प्रतिवाद गर्छौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पार्टी सभापति रवि लामिछानेमाथि दुई तिहाइको सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।चीन भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति स्वर्णिम वाग्लेले सभापति व्यक्ति मात्रै नभएर संस्था भएको बताए । उनले भने, ‘रास्वपा सभापति व्यक्ति होइन, संस्था हो। त्यो माथि प्रहार भएको छ इगोको कारणले। त्यसको सामना हामी एकजुट भएर गर्ने भ्रमणमा गएका १४ जनाले पनि एकताबद्ध भएर निर्णय गरेका छौँ।’ कार्यवाहक प...

रविले अनुसन्धान अवरुद्ध गर्न खोजे : शंकर पोखरेल

रविले अनुसन्धान अवरुद्ध गर्न खोजे : शंकर पोखरेल
  काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । धनगढीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले रास्वपा र त्यसका सभापति लामिछानेले अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताए । ‘अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ, यो कानुनी राज्यमाथिको उपहास हो,’ एमाले महासचिव पोखरेलले भने, ‘कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नु...

रविको चुनौती- मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन, झोला रेडी छ

रविको चुनौती- मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन, झोला रेडी छ
  काठमाडौं -रास्वपाका सभापति रवि लामिछानेले संसदीय छानबिन समितिले आफूलाई सहकारी अपचलनमा निर्दोष ठहर गरेको दाबी दोहोर्याएका छन् । गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको उनको भनाइ छ । आज फेसबुक लाइभमा आएर उनले छानबिन समितिले दिएको प्रतिवेदनबारे आफ्नो दृष्टिकोण राखेका हुन् । आफ्नो कार्यकालमा कुनै पनि गैरकानूनी काम भएको भए त्यसको जिम्मेवारी लिन तयार रहेको उनले बताए । लामिछानेले भने, ‘प्रतिवेदनले भन्यो– मैले सहकारीबाट ऋण लिए...