×

राजनीति

रविलाई आज अदालतमा उपस्थित गराइयो

रविलाई आज अदालतमा उपस्थित गराइयो
  पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । उनीसहित छविलाल जोशी, जीवी राईसँग जोडिएका लीला पछाइ र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराएको हो । कात्तिक २ गते काठमाडौं पक्राउ परेको रविलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

एमालेले घोषणा गर्‍यो कीर्तिपुरको मेयर उम्मेदवार

एमालेले घोषणा गर्‍यो कीर्तिपुरको मेयर उम्मेदवार
काठमाडौं- नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा गरेको छ।यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको हो। २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मी कीर्तिपुर नगरपालिका मेयर निर्वाचित भएका थिए। गत साउन महिनामा उनको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो।यसअघि राप्रपाले इन्जिनियर ध्रुब महर्जनलाई उक्त पदमा उम्मेदवारी घोषणा गरिसकेको छ।

नारायणगढ–बुटवल सडक विस्तार तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने सरकारको तयारी

नारायणगढ–बुटवल सडक विस्तार तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने सरकारको तयारी
नारायणगढ। नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ । नारायणगढ– बुटवल सडक बिस्तार योजना निर्माणको लागि तेस्रो पटक म्याद थप्दा पनि काम सकिएको छैन । वि।सं।२०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक बिस्तारको काम सम्पन्न गर्नुपर्ने भएपनि यसबीचमा तीन पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले सडक विस्तारको काम सकेको छैन । निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत...

बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ

बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ
  काठमाडौं । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए । नेपाल हाउस क्षेत्रलाई पनि प्रहरीले निषेधित क्षेत्र तोकेको थियो । त्यहाँबाट आफूहरु निस्किँदै...

उपप्रधानमन्त्री सिंहको प्रश्न – वैकल्पिक हुँ भन्नेहरूलाई कानुन लाग्दैन ?

उपप्रधानमन्त्री सिंहको प्रश्न – वैकल्पिक हुँ भन्नेहरूलाई कानुन लाग्दैन ?
काठमाडौं- उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकार विधिको शासन कायम गर्न लागेको बताएका छन्।नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले सरकारले कसैप्रति पनि द्वेषभाव नराखेको बताए। ‘सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन, सरकार त विधिको शासन कायम गर्दछ,’ मन्त्री सिंहले भने, ‘विधिको शासन लागू गर्दा हामीलाई लागू हुनु हुँदैन, हामी नयाँ पार्टी हौं भन्न मिल्छ ?’उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्ष्य ...

रविमाथि ओली खनिए ‘खाने बेलामा आँखा नदेख्ने, अरुलाई गाली गर्ने’

रविमाथि ओली खनिए ‘खाने बेलामा आँखा नदेख्ने, अरुलाई गाली गर्ने’
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तिखो टिप्पणी गरेका छन् । आज एक कार्यक्रममा बोल्दै उनी विपक्षी दुई दल नेकपा माओवादी केन्द्र र रास्वपामाथि खनिएका थिए । राष्ट्रिय सुरक्षा तथा विकासमा भूपू सुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा ओलीले राजनीतिक प्रचण्ड र लामिछानेलाई निशाना बनाए ।उनले रास्वपाले अहिले अराजकता फैलाउने प्रयास गरेको बताए । ‘अदालतअगाडि गएर उफ्रिएको छ, दवाव दिएको छ, कराएको ...

प्रधानमन्त्रीले भने-‘रविले पनि अरूले जस्तै सजाय खेप्नुपर्छ’

प्रधानमन्त्रीले भने-‘रविले पनि अरूले जस्तै सजाय खेप्नुपर्छ’
  काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम अपचलन मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने बताएका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा प्रधानमन्त्री ओलीले समान प्रकृतिको अपराधमा फरक निर्णय नहुने बताएका हुन् । ‘सहकारीमा जुन काम गर्नु भएको छ (रवि लामिछानेबाट), त्यस्तै प्रकृतिको अपराधमा अरूलाई जस्तो कारबाही भइरहेको छ, त्यस्तै हुन्छ’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले...

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो
पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन सक्ने भएकाले कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले बताएको छ ।गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । पोखर...

रास्वपालाई सत्ता पक्षको आग्रह – भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर

रास्वपालाई सत्ता पक्षको आग्रह – भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर
  काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेको छ । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ । समितिले कारबाही सिफारिस गरेकामध्ये एक रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । तर रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ । सत्तारुढ दलहरुले भने सडकमा भीड जम्मा गरेर ...