×

राजनीति

शान्ति सम्झौताको १८ वर्ष – पीडित अझै न्यायको प्रतीक्षामा

शान्ति सम्झौताको १८ वर्ष – पीडित अझै न्यायको प्रतीक्षामा
काठमाडौं- द्वन्द्वका कारणहरूको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ।सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरूद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो। लामो राजनीतिक रस्साकस्सीका बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते ...

स्थानीय तह उपनिर्वाचन – आज उम्मेदवारी दर्ता

स्थानीय तह उपनिर्वाचन – आज उम्मेदवारी दर्ता
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७...

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान
  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन प्रस्थान गरेका छन् ।अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मे...

जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो -डिपी अर्याल

जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो -डिपी अर्याल
  काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रहने बताएका छन्।सभापति लामिछानेको रिहाइको माग गर्दै आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उपसभापति अर्यालले भने, ‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो। यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो।’ सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परे पनि रास्वपामा कार्यवाहक सभापति तोकिएको...

रास्वपा तर्फ लक्षित गर्दै देउवाले भने – हाम्रा साथीलाई मुद्दा लाग्दा त होहल्ला गरेनौं

रास्वपा तर्फ लक्षित गर्दै देउवाले भने – हाम्रा साथीलाई मुद्दा लाग्दा त होहल्ला गरेनौं
  धनगढी - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्नुको अर्थ नभएको बताएका छन् ।आइतबार गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आधारमा सरकारले लामिछानेमाथि अनुसन्धान गरेको बताए । विगतमा कांग्रेसकै नेताहरुमाथि मुद्दा चल्दा आफूहरुले आन्दोलन नगरेको देउवाले बताए । ‘हाम्रा साथीहरुलाई मुद्धा...

रवि लामिछानेलाई चौथोपटक अदालत उपस्थित गराइयो

रवि लामिछानेलाई चौथोपटक अदालत उपस्थित गराइयो
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ । गत असोज २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा ल्याइएका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतमा आज चौथोपटक उपस्थित गराइएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै पूर्वप्रबन्ध निर्देशक रविसहित पूर्वउपाध्यक्षसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी, जीवी राइका साझेदार नेचर हर्ब...

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट
काठमाडौं- राष्ट्रिय परिचय पत्रलाई अनिवार्य नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरूद्ध सरकारले भ्याकेट निवेदन दर्ता गरेको छ।भदौ ७ गते बसेको न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सामाजिक सुरक्षा भत्ता लिन वा अन्य विभिन्न काममा राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्‍तरिम आदेश दिएको थियो। उक्त आदेशविरूद्ध राष्ट्रिय पञ्जिकरण विभागले महान्यायधिवक्ता कार्यालयमार्फत भ्याकेट निवेदन दर्ता गराएको कार्यालयका सहन्यायाधिवक्ता एवं प्रवक्ता सूर्यराज दाहालले जान...

ज्यान मार्ने उद्योगमा दीपक मनाङेलाई ५ वर्ष जेल सजाय

ज्यान मार्ने उद्योगमा दीपक मनाङेलाई ५ वर्ष जेल सजाय
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषि ठहर गर्दै उनलाई सो सजाय सुनाइएको हो । मनाङेलाई यसअघि उच्च अदालतले दोषि ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, न्यायाधीसद्वय नहकुल सुबेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

कीर्तिपुरको मेयर पदमा माओवादी केद्रले प्राडा शिवशरणलाई उम्मेदवार बनाउने

कीर्तिपुरको मेयर पदमा माओवादी केद्रले प्राडा शिवशरणलाई उम्मेदवार बनाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुने लागेको हो । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । त्यस्तै बैठकले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई उम्मे...