×

राजनीति

रौतहटको गढीमाई–८ को वडाध्यक्षमा एकीकृत समाजवादीको जित

रौतहटको गढीमाई–८ को वडाध्यक्षमा एकीकृत समाजवादीको जित
काठमाडौं । रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । यसैगरी नेपाली कांग्रेसका सुवोद कुमार यादवले ६१७ र जसपाका सन्देश प्रसाद यादजवले २५८ मत प्राप्त गरे ।

कालिकोट तिलगुफा ४ को वडाध्यक्षमा नेमकिपा विजयी

कालिकोट तिलगुफा ४ को वडाध्यक्षमा नेमकिपा विजयी
  काठमाडौं- कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही निर्वाचित भएका छन्।आइतबार मतदानलगत्तै भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार १४३ मतसहित शाही निर्वाचित भएका हुन्। उका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएका छन्।नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याएका छन्। खसेको मतमध्ये ४ मत बदरभएको छ ।यसअघि माओवादीका ...

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
काठमाडौँ । भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा ...

रवि लामिछाने आज काठमाडौं प्रहरीको हिरासतमा रहने, भोलिबाट बयान

रवि लामिछाने आज काठमाडौं प्रहरीको हिरासतमा रहने, भोलिबाट बयान
काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी  का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिनेछ । भोलि बाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुनेछ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसि...

इजरायल र लेबनानबीच युद्धविराम सहमति

इजरायल र लेबनानबीच युद्धविराम सहमति
काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो । तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ । सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ । इजरायल र लेबनानबीच भएको युद...

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए । ‘सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुने छ । कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कास्की - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

काठमाडौंमा एमालेको जागरण सभा आज , १ लाख जनता उतार्ने लक्ष्य

काठमाडौंमा  एमालेको जागरण सभा आज , १ लाख जनता उतार्ने लक्ष्य
  काठमाडौं । नेकपा (एमाले)ले आज शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दै छ । सभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरु सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । दरबारमार्गमा हुने सभा बिहान ११ बजे भद्रकालीबाट र्‍याली सुरु हुनेछ । भद्रकालीबाट सुरु भएको र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ । सभामा एक लाख जनतालाई उतार्ने एमालेको लक्ष्य रहेको छ । जागरण सभा एमालेको...

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित
धनगढी। जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएकी छन् ।नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रुपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएको जानकारी दिए । बुधवार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो।नाउपाका...