×

राजनीति

नेकपा (माओवादी केन्द्र) गैँडाकोटमा नयाँ नेतृत्व, अध्यक्षमा प्रकाश अधिकारी

नेकपा (माओवादी केन्द्र) गैँडाकोटमा नयाँ नेतृत्व, अध्यक्षमा प्रकाश अधिकारी
गैंडाकोट-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गैंडाकोटको अध्यक्षमा प्रकाश अधिकारी चयन भएका छन् । नेकपा (माओवादी केन्द्र) गैँडाकोट नगर कमिटीको दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा ५५ सदस्यीय नगरकमिटी चयन गरेको हो । पौष २ गते पार्टीको अधिवेशन भएपनि सहमतिका लागि भन्दै नयाँ नेतृत्व चयन प्रकृया रोकिएको थियो । नेताहरुका विचमा सहमती कायम भएपछि प्रकाश अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । पार्टीको नगर उपाध्यक्षहरुमा रामकुमारी रिमाल, सुक बहादुर दंगाली र विष्णु सापकोटा...

आईजीपीलाई गृहमन्त्रीको निर्देशन – लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्नू

आईजीपीलाई गृहमन्त्रीको निर्देशन –  लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्नू
काठमाडौं - गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयलाई छानविन गरी कारबाहीमा गर्न निर्देशन दिएका छन्। बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानविन गर्न प्रहरीलाई ...

सरुवा गरेको ठाउँमा नजाने कर्मचारीलाई जागिर छाड्न बाध्यकारी कानुन बनाउनुपर्ने प्रस्ताव

सरुवा गरेको ठाउँमा नजाने कर्मचारीलाई जागिर छाड्न बाध्यकारी कानुन बनाउनुपर्ने प्रस्ताव
काठमाडौं । सांसदहरूले कर्मचारीको सरुवा व्यवस्थित ढंगबाट गरिनुपर्नेमा जोड दिएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा राजनीतिक ‘सोर्सफोर्स’का आधारमा कर्मचारी काठमाडौं वरिपरि घुम्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्तासँगको छलफलमा नेकपा (एकीकृत समाजवादी) का सांसद अम्बरबहादुर थापाले तोकेको ठाउँमा नजाने कर्मचारीले जागिर नै छाड्नुपर्ने कडा व्यवस्...

समय सकिएपछि कमिलाको पनि पखेटा पलाउँछ : ओली

समय सकिएपछि कमिलाको पनि पखेटा पलाउँछ : ओली
  काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै समय सकिएपछि कमिलाको पनि पखेटा पलाउने टिप्पणी गरेका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र रविको सरकारले जथाभाबी बोल्न र गर्न थालेपछि काँग्रेससँग मिलेको सुनाए । उनले भने, ‘मुद्दा मामिला गरेर फसाउने कुरा पहिले महेन्द्...

रवि लामिछाने माथिको अनुसन्धान प्रभावित बनाउन खोजियो- गृहमन्त्री लेखक

रवि लामिछाने माथिको अनुसन्धान प्रभावित बनाउन खोजियो- गृहमन्त्री लेखक
सुर्खेत - गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी  का सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्ने गरी काम भइरहेको बताएका छन्।मंगलबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछाने आबद्ध दलका मानिसले अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताएका हुन्। ‘सहकारीको रकम अपचलनका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरू पनि यसमा तानिएका छन्,’ उनले भने, ‘अनुसन्धान हुँदै गर्दा प्...

बीआरआई परियोजना कार्यान्वयन हुनेछ – प्रधानमन्त्री ओली

बीआरआई परियोजना कार्यान्वयन हुनेछ – प्रधानमन्त्री ओली
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले साझा समृद्धिका लागि बीआरआई परियोजना महत्वपूर्ण रहेको बताएका छन् । बीआरआई परियोजना नेपालमा कार्यान्वयन पनि हुने उनले स्पष्ट पारेका छन् । चीन भ्रमण पूरा गरी स्वदेश फर्किनुभन्दा अघिल्लो दिन चाइना मिडिया ग्रुप सीएमजीलाई दिएको अन्तर्वार्तामा ओलीले बीआरआईको उद्देश्य साझा समृद्धिसहित अरू देशहरूको साझा विकास बढाउनु हो भन्दै यो नेपालका लागि पनि निकै महत्वपूर्ण रहेको बताएका हुन् । ‘चीनबाट प्रस्तुत यो बीआरआई प्रस्ताव निकै राम्रो, न...

चीन भ्रमण पुरा गरि प्रधानमन्त्री ओली स्वदेश फिर्ता

चीन भ्रमण पुरा गरि प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो २ बजे काठमाडौं अवतरण गरेका हुन् । उनी सवार हिमालय एयरलाइन्सको हवाईजहाज अवतरण गर्नुअघि अन्य सबै उडान–अवतरण बन्द गरिएको थियो । हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेट...

नरेश भट्टमाथि हत्याको मुद्दा दायर, कोठामा भेटिएको रगत ममताकै भएको पुष्टि

नरेश भट्टमाथि हत्याको मुद्दा दायर, कोठामा भेटिएको रगत ममताकै भएको पुष्टि
काठमाडौं । अमेरिका निवासी नरेश भट्टमाथि अन्ततः पत्नीको हत्या गरेको अभियोगमा मुद्दा दायर भएको छ । मनासस प्रिन्स विलियम्स काउन्टी अदालतमा त्यहाँको प्रहरीले सरकारी वकिलमार्फत मुद्दा चलाएको हो । नरेशले पत्नीको हत्या गरेर शव लुकाएको आरोप लाग्दै आए पनि प्रहरीले ठोस प्रमाणको अभावमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा हाल्न सकेको थिएन । तर, घरभित्र भेटिएको रगतको टाटोको डीएनए परीक्षण गर्दा ममतासँग मेल खाएपछि प्रहरीले मुद्दा हाल्न आधार बनेको हो । घटनास्थलबाट तत्कालै रगतको नमूना संकलन गरिए...

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् । उनको टोली साँझ ६ बजेर १० मिनेटमा बेइजिङ पुग्ने छ । भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्...