काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले साझा समृद्धिका लागि बीआरआई परियोजना महत्वपूर्ण रहेको बताएका छन् । बीआरआई परियोजना नेपालमा कार्यान्वयन पनि हुने उनले स्पष्ट पारेका छन् ।
चीन भ्रमण पूरा गरी स्वदेश फर्किनुभन्दा अघिल्लो दिन चाइना मिडिया ग्रुप सीएमजीलाई दिएको अन्तर्वार्तामा ओलीले बीआरआईको उद्देश्य साझा समृद्धिसहित अरू देशहरूको साझा विकास बढाउनु हो भन्दै यो नेपालका लागि पनि निकै महत्वपूर्ण रहेको बताएका हुन् ।
‘चीनबाट प्रस्तुत यो बीआरआई प्रस्ताव निकै राम्रो, निकै महत्वपूर्ण छ । धेरै देशहरू उक्त प्रस्तावको स्वागत गरेका छन् । नेपाल पनि बीआरआईको साझा निर्माणको पक्षधर हो,’ उनले भनेका छन् ।
चाइना मिडिया ग्रुपको नेपाली संस्करणमा शनिबार सार्वजनिक भिडियो अन्तर्वार्तामा ओलीले नेपाल र चीनले बीआरआईको साझा उद्देश्य हासिल गर्ने सहकार्य प्रारूपमा ९–१० वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् ।



उज्यालो खबर




