×

राजनीति

चीन भ्रमणमा गएको स्वर्णिम वाग्ले नेतृत्वको रास्वपा टोली आकस्मिक रुपमा फर्किँदै

चीन भ्रमणमा गएको स्वर्णिम वाग्ले नेतृत्वको रास्वपा टोली आकस्मिक रुपमा फर्किँदै
  काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किन लागेका छन् ।चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिबिधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।‘नेपालमा पार...

रास्वपाले रवि लामिछानेलाई पक्राउ गर्ने निर्णयको प्रतिवाद गर्ने

रास्वपाले रवि लामिछानेलाई पक्राउ गर्ने निर्णयको प्रतिवाद गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सरकारको निर्णयको प्रतिवाद गर्ने भएको छ ।आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सभापति लामिछानेलाई पक्राउ गर्ने कदमको प्रतिवाद गर्ने जनाएको हो । बैठकपछि पार्टी उपसभापति डीपी अर्यालले सरकारले मिडिया ट्रायल गरिरहेको आरोप लगाए ।हामी सकेसम्म सुसंस्कृत राजनीतिबाट प्रतिवाद गर्छौं,उनले भने ।

रास्वपा कार्यालयमा भीड, सादा पोशाकमा प्रहरी परिचालन

रास्वपा कार्यालयमा भीड, सादा पोशाकमा प्रहरी परिचालन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने पार्टी कार्यालयभित्रै छन् भने पार्टीका नेता कार्यकर्ताहरु धमाधम प्रवेश गरिरहेका छन् । स्रोतका अनुसार लामिछानेलाई आजै पक्राउ गर्ने सन्देश प्रहरीले पठाएको थियो । अहिले केही सादा पोशाकका र केही बर्दीका प्रहरीहरु रास्वपा कार्यालय बाहिर जम्मा भएका छन् । भित्र सञ्चारकर्मी तथा पार्टी कार्यकर्ताहरुको भीड लागेको छ ।प्रहरीले आजै गोर्ख...

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन
काठमाडौँ– पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको हो। प्रहरी उच्च स्रोतका अनुसार गृहको निर्देशनपछि लामिछानेलाई पक्राउ गर्न लागिएको हो।  संसद्‌मा पेस भएको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् निर्णय आएसँगै गृहमन्त्रालयले यसबारे आ...

शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ – रवि लामिछाने

शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ –  रवि लामिछाने
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरेका छन्।बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै सभापति लामिछानेले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुईभन्दा बढी पार्टीहरू मिल्नुको विकल्प नभएको बताए। उनले अहिलेको सरकार दुई तिहाइको भनिए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेको बताए।उनले भने,‘सविधानमा शासकीय सुधारम...

१२ सिडिओसहित ३६ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

१२ सिडिओसहित ३६ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
    काठमाडौँ । १२ जना प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित ३६ जना उपसचिवको सरुवा गरिएको छ । गृह मन्त्रालयले बुधवार सिडिओसहित उपसचिवहरूको सरुवा गरेको हो । यस्तो छ विवरण :

रास्वपाको राष्ट्रिय भेला जारी, प्रथम महाधिवेशनको मिति आज तय हुने

रास्वपाको राष्ट्रिय भेला जारी, प्रथम महाधिवेशनको मिति आज तय हुने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजपनि जारी छ। मङ्गलवारदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको भेलामा कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले पेश गरेको साङ्गठनिक प्रतिवेदन माथि छलफल भएको थियो । पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरियो भने विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राखिएको थि...

रास्वपाको राष्ट्रिय भेला सुरु

रास्वपाको राष्ट्रिय भेला सुरु
  काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ ।प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर भेलाको उद्घाटन गरेका छन् ।भेला बुधबारसम्म चल्नेछ । पहिलो दिन आज कार्यबहाक महामन्त्री एवम् संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ । सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन भने दोस्रो दिन बुधबार पेस हुनेछ नेताहरूले जनाएका छन् ।यसै भेलाबाट ...

सहकारी विशेष समितिको प्रतिवेदन संसदले सरकारलाई पठायो

सहकारी विशेष समितिको प्रतिवेदन संसदले सरकारलाई पठायो
  काठमाडौं । प्रतिनिधिसभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ । सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद सविचालयलाई निर्देशन दिएका छन् ।