×

राजनीति

राष्ट्रपतिद्वारा संसद विघटन

राष्ट्रपतिद्वारा संसद विघटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए । तर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको ...

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।

संसद विघटन गर्ने ओलीको सिफारिसपछि प्रचण्ड बालुवाटारमा, स्थायी कमिटी बैठक अनिश्चित

संसद विघटन गर्ने ओलीको सिफारिसपछि प्रचण्ड बालुवाटारमा, स्थायी कमिटी बैठक अनिश्चित
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको हो । यसैबीच, आज बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक पनि अन्योलमा परेको छ । घटनाक्रमले अर्कै मोड लिएकाले आजका लागि तय भएको केन्द्रीय कमिटी बैठक अन्योलमा परेको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि प्र...

प्रधानमन्त्री द्वारा संसद विघटन सिफारिस

प्रधानमन्त्री द्वारा संसद विघटन सिफारिस
मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । ...

नेकपा स्थायी कमिटीको बैठक आज बस्दै

नेकपा स्थायी कमिटीको बैठक आज बस्दै
काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना भने कमै देखिएको छ । हिजो दिनभर प्रधानमन्त्री ओली सहमतिका लागि प्रचण्डलगायत पार्टीका नेताहरुसँगको भेटघाटमै व्यस्त बन्नुभएको थियो । प्रचण्ड निवास खुम...

प्रचण्ड भेट्न खुमलटार पुगे प्रधानमन्त्री ओली

प्रचण्ड भेट्न खुमलटार पुगे प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । शनिबार बिहान प्रधानमन्त्री ओली ३ बर्षपछि खुमलटार पुगेका हुन् । नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली कार्यकारी अध्यक्ष प्रचचण्डलाई भेट्न ११ बजे खुमलटार पुगेका हुन् । प्रधानमन्त्री खुमलटार जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था शनिबार बिहानैबाट कडा पारिएको थियो । ओली यसअघि २०७४ सालमा खुमलटार गएका थिए । यसअघि...

बामदेवको घोषणा : म कुनैपनि गुटको भेलामा जान्न

बामदेवको घोषणा : म कुनैपनि गुटको भेलामा जान्न
काठमाडौं  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले दुवै गटको भेलामा सहभागी नहुने निर्णय सुनाउनु भएको छ । पार्टी एकतालाई बचाउने भुमिकामा आफू लागेको प्रष्ट पार्दै उपाध्यक्ष गौतमले गुटभेला बहिष्कारको नीति लिनुभएको हो । संगठन बिभाग प्रमुखसमेत रहनुभएका गौतमले आफ्नो यही मान्यताअनुसार अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले आयोजना गर्नुभएको गुटभेलामा सहभागी हुनुभएन । ‘म कुनै पनि गुटको भेलामा जान्न, अहिले अलग अलग भेला गर्ने बेला होइन,’ प...

कांग्रेसले भन्यो– ‘अविलम्ब संसद् अधिवेशन बोलाइयोस

कांग्रेसले भन्यो– ‘अविलम्ब संसद् अधिवेशन बोलाइयोस
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले संवैधानिक परिषद्सम्बन्धी जुन अध्यादेश ल्याएको छ य...

सभामुख सापकोटाको मुद्दा हेर्न नभ्याइने

सभामुख सापकोटाको मुद्दा हेर्न नभ्याइने
काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धामा शुक्रबार सुनुवाई नहुने भएको छ ।प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने भनी सर्वोच्चको वेवसाइटमा उल्लेख गरिएको छ ।यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो । के हो सापकोटाको मुद्दा ?...