×

राजनीति

टिकापुर घटना : उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

टिकापुर घटना : उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला
डोटी । पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो । उच्च अदालतले थरुहट आन्दोलनका नेता लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला सुनाएको हो । यसअघि जिल्ला अदालत कैलालीले थारूलाई तीन वर्षको सजाय सुनाएको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसल...

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान, देउवा सहभागी नहुने

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान, देउवा सहभागी नहुने
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले बेलुकी ५ बजेका लागि परिषद्को बैठक बोलाउनुभएको हो । प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएको भोलिपल्ट आज बैठक आह्वान गर्नुभएको हो । उहाँ अध्यादेश फिर्ता गर्न तयार भए पनि अध्यादेश फिर्ता भने भइसकेको छैन । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकलेसमेत अध्यादेश फिर्ता लिने निर्णय गरेको भए पनि अहिलेसम्म राष्ट्रपतिको कार्यालय शीतल निवासमा औपचार...

नेकपाको स्थायी कमिटीको अर्को बैठक ५ पुसमा, केन्द्रीय कमिटी बैठक १० गते

नेकपाको स्थायी कमिटीको अर्को बैठक ५ पुसमा, केन्द्रीय कमिटी बैठक १० गते
काठमाडौं । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको ती नेताले बताए ।

अध्यादेश फिर्ता लिन ओली तयार, विशेष अधिवेशनका लागि निवेदन दर्ता नहुने

अध्यादेश फिर्ता लिन ओली तयार, विशेष अधिवेशनका लागि निवेदन दर्ता नहुने
काठमाण्डौ – प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने र विशेष अधिवेशनका लागि पनि निवेदन दर्ता नगर्ने सहमति भएपछि उहाँ बैठकमा सहभागी हुनुभएको हो । बुधबार मात्रै दुई पटक दुई अध्यक्षको छलफल भएपछि यस्तो सहमति भएको नेकपा स्रोतले जनाएको छ । बुध...

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित
काठमाण्डौ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भइ नसक्नुभएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिनुभयो । स्थायी कमिटी बैठक सुरु हुनुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई जना अध्यक्षबीच छलफल भएको हो । सरकारले मङ्गलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप बढ...

अध्यादेश खारेजको रिट लिएर सर्वोच्च पुगे अर्याल

अध्यादेश खारेजको रिट लिएर सर्वोच्च पुगे अर्याल
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल सर्वोच्च अदालत पुगेका छन् । तर, रिट दर्ता भइसकेको छैन । अर्यालको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषदका सदस्यहरुलाई विपक्षी बनाएको छ । परिषद्का सदस्य प्रधानन्याधीश पनि हुने भएकाले यो रिटमा उनलाई समेत विपक्षी बनाइएको छ । अध्यादेशले संविधानको धारा २८४ मा अन्तरनिहित संविधानको आधारभूत संरचनासंग सम्बन्धित विषय, संविधानवादका आधारभूत मूल्यमान्यता, संवैधान...

संवैधानिक परिषद्को बैठक जारी

संवैधानिक परिषद्को बैठक जारी
काठमाण्डौ – संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । नयाँ अध्यादेशअनुसार बहुमत सदस्य उपस्थित भए पनि बैठक बस्न सक्ने भएकाले बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा उपस्थित हुनुहुन्छ । नयाँ अध्यादेशको चौतर्फी विरोध भइरहे पनि प्रधानमन्त्री ओलीले बैठक सुरु गर्नुभएको हो ।

यस्तो छ संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश

यस्तो छ संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश
काठमाण्डौ – काठमाण्डौ राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् काम, कर्तव्य र अधिकार सम्बन्धी पहिला शंसोधन अध्यादेश २०७७ जारी गर्नुभएको हो । नयाँ अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । अध्यादेश अनुसार अब अध्यक्षसहित बहाल रहेका बहुमत सङ्ख्याको आधारमा बैठक बस्न सक्नेछ । यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बै...

संवैधानिक परिषदको बैठक बस्दै, प्रधानमन्त्रीले बैठक बोलाएकामा दाहाल रुष्ट

संवैधानिक परिषदको बैठक बस्दै, प्रधानमन्त्रीले बैठक बोलाएकामा दाहाल रुष्ट
काठमाडौं । संवैधानिक परिषदको बैठक आज विहानका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो । यसअघि आइतबारका लागि बैठक बोलाइए पनि नेपाली कांग्रेसको देशव्यापी प्रदर्शनका कारण दलका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले उपस्थित हुन नसक्ने जनाएपछि बैठक स्थगित भएको थियो । बैठकमा सभामुख अग्नि सापकोटा पनि नगएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केहीबेर अनौपचारिक ...