निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई महामन्त्री कोईरालाको निर्देशन
गैँडाकोट । नेपाली काँग्रेसका महामन्त्री शसांक कोईरालाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन । नवलपुरको गैँडाकोटमा नेपाली काग्रेसले आयोजना गरेको विरोधसभा लाई सम्वोधन गर्दै काग्रेस महामन्त्री कोईरालाले प्रधानमन्त्री ओलीको विरुद्धमा काँग्रेसले आयोजना गरेको विरोधसभालाई चुनावको अवसरको रुपमा काग्रेसले लिएको बताए ।
ओली नेतृत्वको वर्तमान सरकारले तोकिएको मितिमा चुनावमा गराउनेमा आशंका व्यक्त गर्दै उनले समयमै चुनाव गराउन आफुुहरुले दवाव दिने बताए । निर्वाचन क्षेत्...


