×

राजनीति

विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइमा थप पहलका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका छन् ।प्रधानमन्त्री ओलीले बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत रहेका बेला जोशी विपिन हमासको नियन्त्रणमा परेको जानकारी गराउँदै सकुशल र शीघ्र रिहाइमा भूूमिका निर्वाहका लागि र...

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो – प्रधानमन्त्री ओली

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो – प्रधानमन्त्री ओली
विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन्।कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए। यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठा...

डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा बदर

डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो । त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् ।सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बन...

सरोज गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र

सरोज गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र
काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको छ । बुधबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । पत्र आउने बित्तिकै बुधबार नै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरमा पत्राचार गरेको संघीय मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले बता...

कांग्रेस र एमालेलाई फकाएर सत्तामा जाने पक्षमा छैनौँ – प्रचण्ड

कांग्रेस र एमालेलाई फकाएर सत्तामा जाने पक्षमा छैनौँ – प्रचण्ड
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई फकाएर सत्तामा जाने पक्षमा नभएको दाबी गरेका छन् । मंगलबार कैलालीको टीकापुरमा थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आगामी निर्वाचनअघि सत्तामा नजाने दाबी गरेका हुन् । ‘कांग्रेस र एमालेसँग सहकार्य गर्दा माओवादीलाई कहिले एमाले त कहिले कांग्रेसको रोग सर्‍यो । दुवै पार्टीसँगको सहकार्यमा हामीलाई लागेको रोगको उपचार गर्न...

प्रमुख प्रशासकीय अधिकृत नियुक्ति विवाद : मेयरको रवैयाप्रति उपमेयर असन्तुष्ट

प्रमुख प्रशासकीय अधिकृत नियुक्ति विवाद : मेयरको रवैयाप्रति उपमेयर असन्तुष्ट
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको सन्दर्भमा मेयर बालेन्द्र साहको रवैयालाई लिएर उपप्रमुख सुनिता डंगोलले असन्तुष्टि व्यक्त गरेकी छन् । छानबिन समितिको प्रतिवेदन लुकाएर दोष अन्त थोपर्न खोज्नु उचित नभएको उनको भनाइ छ ।   काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि छानबिन गर्न गठन गरेको समितिले म्याद गुज्रिँदा पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । मेयर साहले भने अर्को प्रशासकीय अधिकृत नपठाएर सरकारले महानगरल...

बंशजको नागरिकता कायम राख्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

बंशजको नागरिकता कायम राख्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली (एनआरएन) का लागि आर्थिक सामाजिक अधिकार सहितको नागरिकतामा आफू प्रतिबद्ध रहेको बताएका छन्।गैरआवासिय नेपाली संघ अध्यक्ष बद्री केसी सहितको टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो नागरिकता जारी हिउँदे अधिवेशनबाटै यसको सुनिश्चित गर्ने बताए। साथै प्रधानमन्त्री ओलीले भुपू गोर्खाजको समस्या समाधानका लागि समेत पहल गर्ने प्रतिबद्धता जनाएको एनआरएनए अध्यक्ष बद्री कसीले बताए। गैर आवासीय नेपालीहरुले संविधानप्रदत्त आर्थिक, स...

राणाले सन्तानका लागि दरबार बनाए, प्रजातन्त्रले जनताका लागि सडक – प्रधानमन्त्री ओली

राणाले सन्तानका लागि दरबार बनाए, प्रजातन्त्रले जनताका लागि सडक – प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले भोगेको हन्डरले परिवर्तन भएको बताउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन् ।प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन र प्रजातान्त्रिक व्यवस्थाको तुलना नै हुन नसक्ने बताए । जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको तर प्रजातन्त्रपछि जनताका लागि सडक, पुल, कुलो, बिजुली व्यापार केन्द्र र विद्यालय बनाएको स्मरण गराए ।उनले भने, ‘जहानियाँ शासकले सन्त...

प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीको टिप्पणीप्रति राष्ट्रिय सभाको खेद

प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीको टिप्पणीप्रति राष्ट्रिय सभाको खेद
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाबाट स्वीकृत भएको मिडिया काउन्सिल विधेयकबारे गरेको टिप्पणीमा राष्ट्रिय सभाले खेद प्रकट गरेको छ।आइतबार राष्ट्रिय सभा बैठकको शून्य समय र विशेष समयमा सांसदहरूले प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा प्रश्न उठाएकोप्रति आपत्ति जनाएका थिए। राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक स्वीकृत भएपछि शाहीले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै राष्ट्रिय सभा नै वृद्...