×

राजनीति

आज प्रतिनिधि सभामा प्रचण्डले सम्बोधन गर्ने

आज प्रतिनिधि सभामा प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्ने भएका हुन् । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लाग...

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
चितवन । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो । चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज ९मंगलबार० दर्ता गरिएको हो ।सरकारी वकिल कार्यालयले लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित म...

माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको छ : प्रचण्ड

माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको छ : प्रचण्ड
चितवन -  नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् । नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई मायाँ गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो ...

सरकारले धेरै काम गर्न सकेन, तर अहिले ढल्दैन – शेखर कोइराला

सरकारले धेरै काम गर्न सकेन, तर अहिले ढल्दैन – शेखर कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने विषयमा सत्यता नभएको बताएका छन् ।नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस-एमालेबीचको सात बुँदे सम्झौता अनुरूप काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्छ ।सरकारको कामकारवाहीबारे उनले असन्तुष्टि भने जनाए ।कोइरालाले भने,‘६ महिनाको यो अवधिमा धेरै काम भएन । जसरी सरकार अघ...

‘भ्रम चिरेर सत्यता र समृद्धिको पक्षमा कलम चलाउनुस्’ – चौतारी महासचिव लामा

‘भ्रम चिरेर सत्यता र समृद्धिको पक्षमा कलम चलाउनुस्’ – चौतारी महासचिव लामा
चितवन - प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरु निरुपण गर्न पत्रकारहरु सचेत र जागरुक हुनुपर्ने बताउनुभएको छ ।प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव लामाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रमको ब्यापार फस्टाइरहेकोले त्यस्ता भ्रम चिरेर समाजलाई समृद्धिको दिशातिर अघि बढाउन मिडियाकर्मीहरु दरिलो ढंगले लाग्नुपर्नेमा जोड दिनुभयो । ‘सरकारका विरुद्ध अनावश्यक टिकाटिप्पणी गर्दै नेतृत्वको तेजोबोध ग...

एमालेमै फर्किने वामदेव गौतमको तयारी

एमालेमै फर्किने वामदेव गौतमको तयारी
काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एमाले मै फर्किने तयारी गरेका छन्।शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवाद सकारात्मक भएपछि २०७८ सालमा एमाले परित्याग गरी नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका नेता गौतम पुरानै पार्टीमा फर्कन लागेका हुन्। ‘प्रधानमन्त्री ओली र उहाँ (वामदेव गौतम) बीच आज पनि टेलिफोन संवाद भयो। उहाँले एमालेमै फर्किने जानकारी गराउनुभएको छ। शुक्रबारको कुराकानीमा पनि उहाँले त्यही बताउनुभएको थियो। उहाँले आफू पहिलेदेखि नै एमाल...

पोखराबाट काठमाडौं जादै रवि, आजै अदालत उपस्थित हुने तयारी

पोखराबाट काठमाडौं जादै रवि, आजै अदालत उपस्थित हुने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउन लागेका छन् ।पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका उनी शुक्रबार काठमाडौं आएर अदालतमा उपस्थित हुन लागेका हुन् । रास्वपाका एक नेताका अनुसार लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका छन् । ‘उहाँ साढे १ बजे जहाजमार्फत काठमाडौं आउँदै हुनुहुन्छ । त्यसपछि आजै अदालत उपस्थित हुने तयारी छ,’ ती नेताले  भने ।लामिछाने आफैं अदालतमा उपस्थि...

माओवादी बैठकमा कुलमानको विषय प्रवेश, हटाए सरकारविरुद्ध प्रतिवादमा उत्रन प्रस्ताव

माओवादी बैठकमा कुलमानको विषय प्रवेश, हटाए सरकारविरुद्ध प्रतिवादमा उत्रन प्रस्ताव
  काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश पाएको छ ।केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कनुपर्ने बताएका हुन् । ‘विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाएर तत्काल सडक संघर्षमा जानुपर्छ,’ मंगलबार बैठकमा आफ्ना कुरा राख्ने क्रममा तामाङले भनेका छन् ।सोमबार मात्रै घिसिङला...

एमाले केन्द्रीय समिति बैठक आजदेखि

एमाले केन्द्रीय समिति बैठक आजदेखि
काठमाडौं - सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै निर्वाचन, अनुशासनलगायतका आयोगले पनि आफ्नो प्रतिवेदन पेस गर्ने कार्यसूची छ । त्यस्तै बैठकमा समसामयिक विषय, राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने...