×

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउन लागेका छन् ।पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका उनी शुक्रबार काठमाडौं आएर अदालतमा उपस्थित हुन लागेका हुन् । रास्वपाका एक नेताका अनुसार लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका छन् ।

‘उहाँ साढे १ बजे जहाजमार्फत काठमाडौं आउँदै हुनुहुन्छ । त्यसपछि आजै अदालत उपस्थित हुने तयारी छ,’ ती नेताले  भने ।लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई छाडेको थियो । बिहीबार राति उनी पोखरा नै बसेका थिए ।

 

तपाईको प्रतिक्रिया