×

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली (एनआरएन) का लागि आर्थिक सामाजिक अधिकार सहितको नागरिकतामा आफू प्रतिबद्ध रहेको बताएका छन्।गैरआवासिय नेपाली संघ अध्यक्ष बद्री केसी सहितको टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो नागरिकता जारी हिउँदे अधिवेशनबाटै यसको सुनिश्चित गर्ने बताए। साथै प्रधानमन्त्री ओलीले भुपू गोर्खाजको समस्या समाधानका लागि समेत पहल गर्ने प्रतिबद्धता जनाएको एनआरएनए अध्यक्ष बद्री कसीले बताए।

गैर आवासीय नेपालीहरुले संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोगका लागी यही हिउँदे अधिवेशनमै गैर आवासीय नेपाली ऐन संशोधन गर्ने सरकारको प्रतिबद्धता छ।प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै केसीले भने,भुपू गोर्खाजको समान पेन्सन तथा अन्य सुविधाका लागी ब्रिटिश सरकारसँग उच्चस्तरीय वार्ता मात्र नभई नयाँ सन्धि नै गर्न नेपाल सरकार तत्पर छ।

गैर आवासीय नेपालीको बंशजको नागरिकता क़ायम राख्न नेपाल सरकार सकारात्मक रहेको केसीले बताए।गैर आवासीय नेपालीहरुको लगानीलाई नेपाल भित्र्याउन संस्थागत पहलका लागी एनआरएनए अध्यक्षलाई उद्योग वाणिज्य संवाद परिषदको पदेन सदस्य हुने व्यवस्था गरिएको र लगानी बोर्डमा समेत संघको प्रतिनिधित्व गराउनेमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।

वैधानिक निर्वाचित समितिनै आधिकारिक हुने र सरकारले बैधानिक निर्वाचित समितिसँग मात्रै सहकार्य गर्ने प्रतिबद्धता सम्माननीय प्रधानमन्त्रीज्यूले स्पष्ट पार्नुभएको छ, केसीले भने, संघले आगामी १५-१६ मार्चमा थाइल्याण्डमा आयोजना गर्ने दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन १८-१९ मार्चमा कम्बोडियामा हुने एसिया प्यासिफिक सम्मेलन तथा २८-३० मार्चमा माल्टामा हुने युरोपेली सम्मेलनमा नेपाल सरकारको प्रतिनिधित्व रहने छ । साथै दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा दोस्रो पिडीका युवाहरुसँग प्रधानमन्त्री ओलीले अनलाइनमार्फत प्रत्यक्ष संवाद गर्ने केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया