प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, दुई लाख मानिस उतार्ने दाबी
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जुलुसको नेतृत्व गर्न प्रचण्ड-माधवले गर्नेछन् ।
विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुल...


