×

राजनीति

११ स्थायी कमिटी सदस्यको आरोप : ओली दक्षिणपन्थी र विर्सजनवादी

११ स्थायी कमिटी सदस्यको आरोप : ओली दक्षिणपन्थी र विर्सजनवादी
काठमान्डौं । नेकपा एमालेका झलनाथ खनाल-माधव नेपाल समूहका ११ जना सदस्यले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दक्षिणपन्थी विर्सजनवादी भएको आरोप लगाएका छन्। ‘केपी ओलीका पार्टी विधान विपरीतका अराजक, स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिष्ट आन्दोलनका सामु समस्याका रुपमा उपस्थित भएका छन्। हामी त्यस्ता समस्याहरुको निराकरण गर्दै पार्टीलाई विसर्जन र विघटनबाट बचाउँन चाहन्छौं। निर्वाचनको मोर्चाबाट समेत कम्युनिष्ट पार्टील...

ओलीको निर्णयलाई मान्यता नदिन भन्दै निर्वाचन आयोगलाई खनाल–नेपाल समूहको पत्र

ओलीको निर्णयलाई मान्यता नदिन भन्दै निर्वाचन आयोगलाई खनाल–नेपाल समूहको पत्र
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी एमालेको खनाल–नेपाल समूह निर्वाचन आयोग पुगेको छ । प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार गरेका निर्णय कार्यान्वयन नगर्न माग गर्दै झलनाथ खनाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेको हो । विधि, पद्धति र अभ्यास विपरीत गरिएका निर्णय पार्टी विधान अनुकूल नठहरिने खनाल–नेपाल समूहले आयोगमा बुझाएको पत्रमा उल्लेख छ । एमालेका अध्यक्ष ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमार्फत खनाल–नेपाल समूहका नेताहरूलाई जिम्मेवारीबाट ...

एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने ओलीको निर्णय

एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने ओलीको निर्णय
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, ...

बादललाई एमालेको उपाध्यक्ष बनाउने ओली पक्षको तयारी

बादललाई एमालेको उपाध्यक्ष बनाउने ओली पक्षको तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफ्नो पक्षमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई नेकपा एमाले मा सम्मानजनक स्थान दिने तयारी थालेका छन्। सो अनुसार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल लाई एमालेको उपाध्यक्ष बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ। तत्कालीन नेकपा एमालेमा पाँच जना उपाध्यक्ष थिए। एमालेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीमध्ये अहिल...

एमाले-माओवादी व्युँतिएको पत्र संसदमा, आजबाट प्रचण्ड-माधवको बसाई अलग

एमाले-माओवादी व्युँतिएको पत्र संसदमा, आजबाट प्रचण्ड-माधवको बसाई अलग
काठमाडौं । प्रतिनिधिसभामा आजदेखि नेकपा एमाले र नेकपा (माओवादी) केन्द्र अलग संसदीय दलको रुपमा अस्थित्वमा आएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा माओवादी केन्द्र सत्तापक्षमा बस्छ कि प्रतिपक्षमा भन्ने चाहिँ टुंगो लागेको छैन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले त्यसबारे छलफल भइरहेको बताए । एमाले र माओवादी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । आफूहरु सत्ता पक्ष वा प्रतिपक्ष कहाँ बस्ने भन्ने कुराा संसद सचिवालयले व्यवस्था गरे अनुसार ...

संसद बैठक आज बस्दै

संसद बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ।बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। यसअघि प्रतिनिधि सभा पुनर्स्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो। उक्त बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेको थियो। बुधबार पनि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छ। कांग्रेसले असंवैधानिक हुने गरी अध्यादेशहरू सरकारले ल्याएकोले संसदमा पेश हुन नदिने बताइर...

देउवा र प्रचण्डबीच भेटवार्ता

देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् ।

धुम्बाराहीमा एमालेको साइनबोर्ड, देशभर नेकपाका बोर्ड हटाइए

धुम्बाराहीमा एमालेको साइनबोर्ड,  देशभर नेकपाका बोर्ड हटाइए
काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमालेले देशभरका कार्यालयहरुमा नेकपाको साइनबोर्ड फालेर नेकपा एमालेका बोर्ड राखेको छ । आज बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेको सानबोर्ड राखिएको छ । अदालतको फैसलाबाट उत्साहित भएका केपी ओली पक्षधर नेता कार्यकर्ताले मंगलवारनै अधिकांश जिल्लामा एमालेको साइनबोर्ड राखिसकेका थिए । देशभरका अधिकांश नेकपा कार्यालय भवनहरु एमालेकै भएकाले साइनबोर्डमात्र फेरे पुग्ने भएको हो । नेकपा एमाले केन्द्रीय कार्यालय सचिव ईश्वर...

आयोगले एमाले र माओवादी केन्द्र ब्युँताउने काम आजदेखि सुरु गर्ने

आयोगले एमाले र माओवादी केन्द्र ब्युँताउने काम आजदेखि सुरु गर्ने
काठमाण्डौ - निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ । हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागिएको आयोगले जनाएको छ । दुई पार्टीबीच एकतापछि मोरङका पूर्वएमालेका कार्यकर्ता सन्ध्या तिवारीको नेतृत्वमा आयोगमा नेकपा एमाले दर्ता छ । त्यस्तै गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता भइरहेको छ । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो नाम र चुनाव चिह्न परिवर्तनका लागि पत्राचार गर्ने तयारी भएको आयोगका प्रवक्ता...