×

राजनीति

शंकर पोखरेल फेरी मुख्यमन्त्रीमा नियुक्त

शंकर पोखरेल फेरी मुख्यमन्त्रीमा  नियुक्त
बुटवल । शंकर पोखरेल पुनः मुख्य मन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी एमाले, लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। यसअघि नेपाल कम्युनिष्ट पार्टी एमाले, लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमु...

पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने लुम्बिनी एमाले संसदीय दलको निर्णय, आजै सपथ हुन सक्ने

पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने लुम्बिनी एमाले संसदीय दलको निर्णय, आजै सपथ हुन सक्ने
बुटवल।आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य लीला गिरीले जानकारी दिए। पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ।संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई जना सांसदहरू पनि सहभागी भएका थिए। अचानक किन राजीनामा दिएका थिए पोखरेलले आइतबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए। वै...

नयाँ सरकार बनाउन बहुमत पुगेको छैन: काँग्रेस सभापति देउवा

नयाँ सरकार बनाउन बहुमत पुगेको छैन: काँग्रेस सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउन बहुमत नपुगेको बताएका छन्।कांग्रेसले केपी शर्मा ओली सरकारको विकल्प खोज्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको उल्लेख गरेका देउवाले नयाँ सरकार बनाउन बहुमत भने नपुगेको बताए। उनले जसपासँग कुरा भइरहेको पनि बताए।‘जसपासँग मेरो कुरा भइरहेको छ सबै कुरा अहिले म कहाँ भन्छुरु, तर अहिलेसम्म बहुमत पुगेको छैन। बहुमत पुगेपछि तपाईंहरूलाई बोलाएरै भनौंला,’ बुढानिलकण्ठमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले भने। ...

दीपक मनाङले लिए मन्त्रीको सपथ

दीपक मनाङले लिए मन्त्रीको सपथ
पोखरा ।गण्डकी प्रदेशमा युवा तथा खेलकूद मन्त्री नियुक्त भएका दीपक मनाङे  ले सपथ लिएका छन्।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज उनलाई मन्त्री बनाएका थिए। गुरूङलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।सामाजिक विकास मन्त्रालय फुटाएर मुख्यमन्त्री गुरूङले मनाङेलाई मन्त्री बनाएका हुन्। मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव आएका बेला मन्त्रिपरिषद विस्तार गरिएको हो। युवा तथा खेलकुद मन्त्रालय थपिएसँगै गण्डकी प्रदेशमा मन्त्रीको ८ पुगेको छ। यसअघि मुख्...

कोभिड वार्डको आईसीयूमा भेटिए जनमोर्चाका सांसद शाही

कोभिड वार्डको आईसीयूमा भेटिए जनमोर्चाका सांसद शाही
पोखरा । बुधबार सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् । उनी चरक अस्पतालको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका स्रोतले जनाएको छ । उनी सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ ।

नेपाल समूहलाई किक आउट गर्दै एमालेमा ‌नयाँ स्थायी कमिटी गठन

नेपाल समूहलाई किक आउट गर्दै एमालेमा ‌नयाँ स्थायी कमिटी गठन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन् । माधवकुमार नेपाल पक्षको अनुपस्थितिका बीच शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् । उनको स्थायी कमिटीमा नेपाल पक्षलाई समावेश गरिएको छैन । एमाले एकता अभियान चलाएका, तर ओलीले बोलाएको बैठकहरुमा अनुपस्थित रहेका वामदेव गौतमलाई भने राखिएको छ ।साबिकको नेकपामा स्थायी कमिटीमा रहेका पूर्व माओवादीका चार नेता रामबहादुर थाप...

एमाले बैठक बस्दै, माधव पक्षमाथि थप कारबाही होला ?

एमाले बैठक बस्दै, माधव पक्षमाथि थप कारबाही होला ?
काठमाडौं । आन्तरिक विवादले पार्टी बिभाजनसम्मको जोखिम बढिरहेको समयमा सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।विहान ११ बजेदेखि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको छ । यो बैठक बैशाख ६ गतेकै निरन्तरता हो । अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए । ६ गतेको बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने न...

माधव नेपाल समूहलाई कडा कारबाही हुन्छ : ओली

माधव नेपाल समूहलाई कडा कारबाही हुन्छ :  ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताएका छन् । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताएका हुन् । कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसतर्फ संकेत गर्दै उनले भने, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन् । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कड...

गृहमन्त्री थापा पदमुक्त, सांसद पद पनि खारेज

गृहमन्त्री थापा पदमुक्त, सांसद पद पनि खारेज
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल'को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ।नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ।थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र...