×

राजनीति

नेपाली काँग्रेस गैँडाकाेट वडा न ६ को सभापतिमा प्रकाश भुसाल

नेपाली काँग्रेस गैँडाकाेट वडा न ६ को सभापतिमा प्रकाश भुसाल
नवलपुर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारीका लागि गैँडाकोट ६ मा आज वडा भेला बसेको छ । भेलाले वडा सभापतिका लागि प्रकाश भुसाललाई सर्बसम्मत उम्मेद्वार बनाउने निष्कर्ष निकालेको वडा सभापति हिमलाल सापकोटाले बताउनुभयो । भुसालले वर्तमान वडा कार्यसमितिमा सचिव पदमा रहेर काम गर्नुभएको छ । अन्य पदाधिकारी तथा प्रतिनिधि छनौटका लागि वडा सभापति हिमलाल सापकोटा को संयोजकत्वमा समितिमा लक्ष्मी प्रसाद सापकोटा र नरहरि सापकोटा छन् । वडाको अधिवेशन भदौ २१ गते हुनेछ ।

वामदेव गौतमले त्यागे एमाले

वामदेव गौतमले त्यागे एमाले
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका हुन् । गौतमले अध्यक्ष ओलीलाई स...

देउवाले भने– जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्छु

देउवाले भने– जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्छु
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास जितेर अघि बढ्ने प्रण गरेका छन् ।पार्टीको १४ औं महाधिवेशन अन्तर्गत आजबाट सुरु भएको वडा अधिवेशनको अवसरमा शुभकामना सन्देश दिंदै देउवाले उक्त प्रण गरेका हुन् । ‘कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको छ,’ देउवाले भिडियो सन्देशमा भनेका छन्, ‘म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन...

नेकपा एमालेले भन्यो: जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोज्यो

नेकपा एमालेले भन्यो: जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोज्यो
चितवन -नेकपा एमालेले भारतीय सीमा सुरक्षा बलको ज्याजतीबाट मृत्यु भएका जयसिंह दाबीको घटनामा सरकार लाचार बनेको आरोप लगाएको छ ।पार्टीले आज एक प्रेस वक्तव्य सार्वजनिक गर्दै गत साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक महिनाभन्दा बढी समय बित्दा पनि सरकारले बेवास्ता गरेको जनाएको हो । यस विषयमा छानबिन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्...

कांग्रेसको पौडेल पक्षले भन्यो : सभापतिमा एकल उम्मेदवार तय गर्छौं

कांग्रेसको पौडेल पक्षले भन्यो : सभापतिमा एकल उम्मेदवार तय गर्छौं
काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता जनाएका हुन्। कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाका रूपमा स्थापित गर्न सहमति र ठाउँअनुसार उम्मेदवारी दिने उनले बताए। पार्टी ब...

माओवादी दलको कार्यालयमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

माओवादी दलको कार्यालयमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान छलफल भएको हो ।करिब २० मिनेटजति भएको छलफल सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको प्रचण्ड निकट स्रोतले बतायो ।नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि अझै टुंगो लागिसकेक...

विवेकशील साझाको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै

विवेकशील साझाको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। अध्यक्ष मिश्रले आज मध्यान्ह १२: ३० बजे बैठक राखेका छन् भने संयोजक पाण्डेले आज बिहान ११ बजे नै बैठक राखेका छन्।केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको छ। अध्यक्ष र संयोजकले राखेको दुबै केन्द्रीय समिति बैठक भर्चुअल रूपमा हुनेछ। अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अग...

काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाको पक्षमा प्रदर्शन,कारवाही फुकुवा गर्न माग

काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाको पक्षमा प्रदर्शन,कारवाही फुकुवा गर्न माग
चितवन । नेपाली काँग्रेस चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाको कारबाही फुकुवा गराउन दबाबस्वरूप नेपाल तरुणदल चितवनले ध्यानाकर्षण पत्र बुझाएको छ । तरुणदल चितवनले आज पार्टी जिल्ला सभापतिलाई आज ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै कारबाही फुकुवाका लागि दबाब दिएको हो । तरुणदल जिल्ला अध्यक्ष राजन ताम्राकारले कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनुभएको हो । बाहौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापति पदमा निर्वाचित कोइरालालाई केन्द्रीय नेतृत्वले अपमानजनक र अलोकत...

नवलपुरमा काङ्ग्रेसको वडा अधिवेशन भदौ २१ गते

नवलपुरमा काङ्ग्रेसको वडा अधिवेशन भदौ २१ गते
कावासोती । नवलपुरमा नेपाली काङ्ग्रेसको वडा अधिवेशनहरु भदौ २१ गते हुने भएको छ ।बुधबार नेपाली काङ्ग्रेस नवलपुरको जिल्ला कार्यसमितिको बैठकले भदौ २१ गते जिल्लाका सबै ९२ वडामा एकै दिन अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । काङ्ग्रेसको जिल्ला अधिवेशन सम्पन्न गर्न तोकिएका जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलको उपस्थितिमा बसेको बैठकले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको काङ्ग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले बताए । लगातार वर्षा पछिको प्राकृतिक प्रकोपका कारणले जिल्ला...