×

राजनीति

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु
सुर्खेत ।  नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा परेर २७ जना घाइते भएका छन्। बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।दुर्घटना स्थलबाट जाजरकोट सदरमुकाम पुग्न करिब १० किलोमिटर छ। मृतकहरुको सनाखत भइसकेको छैन। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले...

नेकपा (माओवादी केन्द्र)गैँडाकोटको अध्यक्षमा युवराज रिमाल

नेकपा (माओवादी केन्द्र)गैँडाकोटको अध्यक्षमा युवराज रिमाल
नवलपुर । नेकपा (माओवादी केन्द्र)गैँडाकोटको अध्यक्षमा युवराज रिमाल चयन हुनुभएको छ । गैँडाकोट नगर समितिको प्रथम अधिवेशनले रिमालको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । ३ जना उपाध्यक्षको लागि १३ जनाको दावी परेपछि सो पदमा सहमति जुट्न सकेको छैन । सहमतिको लागि प्रयास भैरहेको नेताहरुले बताएका छन् ।समितिको सचिवमा श्याम सुन्दर लामिछाने, कोषाध्यक्षमा श्रृजना सोती र सहसचिवमा श्रृजना सोती चयन हुनु भएको छ ।

ओलीलाई अधिकार दिने निर्णय मान्दिन, अध्यक्षमा उम्मेदवारी दिन्छु : भीम रावल

ओलीलाई अधिकार दिने निर्णय मान्दिन, अध्यक्षमा उम्मेदवारी दिन्छु : भीम रावल
चितवन । नेकपा एमाले दसौं महाधिवेशनको जारी बन्दसत्रमा सर्वसम्मत नेतृत्व चयन गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने प्रस्तावमाथि भीम रावलले आपत्ति जनाएका छन्।बन्दसत्रमा ओलीनिकट नेता तथा महासचिवको दाबी गर्दै आएका विष्णु पौडेलले सर्वसम्मतिको सर्वाधिकार अध्यक्ष ओलीलाई दिऊँ भन्ने प्रस्ताव राखेका थिए। उनले यस्तो प्रस्ताव राख्नेबित्तिकै बन्दसत्रमा सहभागी नेताहरूले उक्त प्रस्ताव पारित गराउन खोजे। एमाले कार्यालय सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले हलले उक्त प्रस्ताव ...

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई
चितवन । नेकपा एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी देखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकारी दिइएको छ । एमाले महाधिवेशनको बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव गर्नुभएको थियो । पौडेलको प्रस्तावमा हलले समर्थन जनाएको हो । जारी महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ । सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थ...

एमाले महाधिवेशनः सौराहामा बन्दसत्र सुरु

एमाले महाधिवेशनः सौराहामा बन्दसत्र सुरु
चितवन । नेकपा एमाले महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहा स्थित होटल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरु प्रवेश गरिसकेका छन । विहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो । सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा जुटेपछि बन्दसत्र सुरु हुन ढिला भएको एमाले चितवनकी जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । पार्टी महासचिव इश्वर पोखरेलले बन्दसत्रमा सहभागी प्रतिनिधिहरुलाई स्वागत गर्नुभएको छ । बन्द...

चितवनमा एमाले महाधिवेशनमा उर्लियो मानवसागर (फोटो फिचर)

चितवनमा एमाले महाधिवेशनमा उर्लियो मानवसागर (फोटो  फिचर)
चितवन । चितवनमा नेकपा एमालेको १० औ राष्टिय महाधिवेशनमा मानव सागर उर्लेको छ । देशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरु नारायणी नदी किनारमा अट्न सकेनन् । हेर्नुहोस तस्विरमा

नारायणी नदी किनारमा यसरी हुँदैछ एमालेको दशौँ राष्ट्रिय महाधिवेशन (फोटो फिचर)

नारायणी नदी किनारमा यसरी हुँदैछ एमालेको दशौँ राष्ट्रिय महाधिवेशन (फोटो फिचर)
चितवन -नेकपा एमाले को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ । महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेतारकार्यकर्ता सहभागी हुने नेकपा एमालेले जानकारी दिएको छ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित धेरै नेताहरु चितवन आइपुगेका छन् । बन्दसत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुँदैछन् । कार्यक्रमको उद्घाटनसत्रमा हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै सं...

एमाले महाधिवेशनः नारायणगढ–बुटवल सडकमा ठूला मालबाहक गाडी सञ्चालनमा रोक

एमाले महाधिवेशनः नारायणगढ–बुटवल सडकमा ठूला मालबाहक गाडी सञ्चालनमा रोक
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै नारायणगढ–बुटवल सडक हुँदै गुड्ने ठूला सवारीसाधनमा रोक लगाइएको छ । दाउन्ने सडकको अवस्थाका कारण मालबाहक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको हो । निर्माणाधीन यो सडक अहिले खाल्डाखुल्डी बेहाल छ । दाउन्नेमा हुने जामलाई मध्यनजर गर्दै पूर्वी र पश्चिम नवलपरासी जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बुधवार अबेर नवलपुरमा सम्पन्न बैठकले बिहीवार साँझ ६ बजेदेखि शुक्रवार राति १२ बजेसम्मका लागि ठूला सवारीसाधन...

काँग्रेस नवलपुरकाे सहसचिवमा उमेदवारी दिने राजेश पाैडेलकाे घोषणा

काँग्रेस नवलपुरकाे सहसचिवमा उमेदवारी दिने राजेश पाैडेलकाे घोषणा
कावासोती । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा जिल्ला-जिल्लामा महाधिवेशनको रौनक बढेको छ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाको निर्वाचन क्षेत्र नवलपुरमा प्रदेश तथा संघीय क्षेत्रमा मिश्रति परिणाम आएको छ । प्रदेश तथा संघीय क्षेत्रको अधिवेशन सकिए संगै जिल्ला नेताहरु जिल्ला अधिवेशनमा केन्द्रित भएका छन । यसै क्रममा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष राजेश पौडेलले नेपाली कांग्रेस नवलपुर सह–सचिव पदमा उम्मेदवारी घोषणा गरेक...