नवलपुर । नेकपा (माओवादी केन्द्र)गैँडाकोटको अध्यक्षमा युवराज रिमाल चयन हुनुभएको छ । गैँडाकोट नगर समितिको प्रथम अधिवेशनले रिमालको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
३ जना उपाध्यक्षको लागि १३ जनाको दावी परेपछि सो पदमा सहमति जुट्न सकेको छैन । सहमतिको लागि प्रयास भैरहेको नेताहरुले बताएका छन् ।समितिको सचिवमा श्याम सुन्दर लामिछाने, कोषाध्यक्षमा श्रृजना सोती र सहसचिवमा श्रृजना सोती चयन हुनु भएको छ ।

तपाईको प्रतिक्रिया