×

राजनीति

कांग्रेसको प्रदेश अधिवेशन आजदेखि : उम्मेदवारको मनोनयन भोलि, पर्सी चुनाव

कांग्रेसको प्रदेश अधिवेशन आजदेखि : उम्मेदवारको मनोनयन भोलि, पर्सी चुनाव
नवलपुर । संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको छ।कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा आजदेखि प्रदेश अधिवेशन गर्न लागेको छ। सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज सातै प्रदेशमा एकैपटक भर्चुअल रूपमा प्रदेश अधिवेशन उद्घाटन गर्दैछन्। प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रद...

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित
चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । नवौं महाधिवेशनमा निर्वाच...

एमाले महाधिवेशन अपडेट : १६ सयले मत हाले उमेद्वारहरु मत माग्दै

एमाले महाधिवेशन अपडेट : १६ सयले मत हाले उमेद्वारहरु मत माग्दै
सौराहा । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा अहिलेसम्म १६ सय भन्दा धेरै मत खसेको छ ।मङ्सिर ११ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतीको प्रयास गरिएपनि नभएपछि आज विहान ४ बजेबाट मतदान सुरु भएको थियो । विहान अध्यक्षका उमेद्वार केपी शर्मा ओली र अर्का उमेद्वार भीम रावलले मतदान गरेपछि सुरु भएको थियो । अहिलेसम्म एकहजार ६ सय मत खसेको निर्वाचन आयोगका सदस्य वावुराम दाहालले जानकारी दिनु भयो । कुल २१ सय ५३ मतदाता रहेको महाधिवेशनमा अहिलेपनि मतदान चलिरहेको छ । अध्यक्षमा रावलले मत मा...

नेतृत्व चयन प्रक्रियाको निर्वाचन रोक्न रावलको माग

नेतृत्व चयन प्रक्रियाको निर्वाचन रोक्न रावलको माग
चितवन । नेकपा एमालेका अध्यक्षका उम्मेदवार भीम रावलले नेतृत्व चयन प्रक्रियाको निर्वाचन रोक्न माग गरेका छन् ।रावल र उनी पक्षका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै केपी शर्मा ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा वितरण गरेपछि रावलले निर्वाचन रोक्न माग गरेका हुन् । पार्टीको निर्वाचन आयोगको आचार संहिताविपरीत काम भएको भन्दै रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीलाई निर्वाचन रोक्न आग्रह गरेको जानकारी दिएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इल...

काँग्रेस चितवनका सभापति श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काँग्रेस चितवनका सभापति श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
चितवनः नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले उम्मेदवारी घोषणा गर्नु भएको हो । प्रखर बक्ता श्रेष्ठको उम्मेदवारी घोषणामा जिल्लाका तीन क्षेत्रका ७९ जना महाधिबेशन प्रतिनिधि मध्ये झण्डै ६० जनाको उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसा...

नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध

नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध
सौराहा । एमाले चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेश तर्फ महिला सदस्य पदमा उम्मेद्वारी दिनुभएका रावल सर्वसम्मत निर्वाचित हुनु भएको हो । भूगोलतर्फ बागमती प्रदेशको महिलातर्फ तीन जनाको कोटामा तीन जना मात्रै उम्मेद्वारी परेको हो । रचना खड्का र पेम्बा लामा पनि निर्विरोध निर्वाचित हुनु भएको छ । रावल चितवनका लोकप्रिय महिला नेतृको रुपमा परिचित हुनुहुन्छ । पार्टीको जारी महाधिवेशनको कम...

ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध

ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध
चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्व...

एमाले पदाधिकारीः वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल

एमाले पदाधिकारीः वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल
चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रबाट पदाधिकारीको नाम पनि अनुमोदन भएको छ। सोमबार बिहान साढे ३ बजे सकिएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा आफ्नोसहित १९ जना पदाधिकारीको नाम पेस गरेका थिए। ओलीले पदाधिकारीहरुमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जनाको नाम प्रस्ताव गरेका थिए।अध्यक्षमा केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल तथा उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन...

नामावली प्रिन्ट गर्दै विष्णु पौडेलले भने– सहमति जुट्यो !

नामावली प्रिन्ट गर्दै विष्णु पौडेलले भने– सहमति जुट्यो !
चितवन । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूका सबै पदमा सहमति जुटेको र नामहरू टुंगो लागेको बताएका छन् । सौराहाको पार्क सफारी रिसोर्टमा अध्यक्ष केपी शर्मा ओलीसँग बसेर नामावली टुंगो लगाएपछि एमाले नेता पौडेल दोस्रोचोटि नामावली प्रिन्ट गर्न रिसेप्सनमा झरेका थिए । दिउँसोजस्तै नाम प्रिन्ट गरेर उनी अध्यक्ष ओलीलाई देखाउने माथ्लो तल्लामा चढेका छन् । प्रिन्ट गरिएको कागजमा अध्यक्ष ‘केपी शर्मा ओली’ लेखिएको छ भने उपाध्यक्ष खाली राखिएको छ । केन्द्री...