चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रबाट पदाधिकारीको नाम पनि अनुमोदन भएको छ। सोमबार बिहान साढे ३ बजे सकिएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा आफ्नोसहित १९ जना पदाधिकारीको नाम पेस गरेका थिए।

ओलीले पदाधिकारीहरुमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जनाको नाम प्रस्ताव गरेका थिए।अध्यक्षमा केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल तथा उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम अनुमोदन भएको छ।

यस्तै, महासचिवमा शंकर पोखरेलको नाम अनुमोदन भएको छ। उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमालको नाम अनुमोदन भएको छ।सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम अनुमोदन भएको छ। त्यसअघि बन्दसत्रमा केन्द्रीय कमिटीका ३०१ जनाको नाम पेस भएको थियो।

तपाईको प्रतिक्रिया