×

राजनीति

 सबै मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय

 सबै मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘पहिले नै ६र६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो’ उनले भने । एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्...

काँग्रेस र माओवादीलाई माधव नेपालले भने : बेइमानी गरे हरि बिजोग हुनेवाला छ

काँग्रेस र माओवादीलाई माधव नेपालले भने  : बेइमानी गरे हरि बिजोग हुनेवाला छ
सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताएका छन् ।पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताएका हुन् । ‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ,’ उनले भने, ‘यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो । म कुनै प्...

चितवनको खैरहनी नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेका निर्वाचित

चितवनको खैरहनी नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेका निर्वाचित
चितवन । खैरहनी नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेबाट निर्वाचित भएका छन् ।आज भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य एमालेको निर्वाचित भएका हुन् । कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए । कार्यपालिकामा एमालेको तर्फबाट आनन्द दरै, दुःखीराम दरै, भैया विक सबैले जनही ४० मत ल्याएका थिए भने उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट सबैले २७ मत ल्याएका थिए । त्यसैगरी अन्य सदस्यहरुमा एमालेकै गोमा देवी, बुद्धर...

काठमाडौंबासीको मप्रति ठूलो विश्वास छ, यसलाई घट्न दिने छैन’

काठमाडौंबासीको मप्रति ठूलो विश्वास छ, यसलाई घट्न दिने छैन’
मलाई काठमाडौँ महानगरवासीले मत दिएर र देशभरका नागरिकले शुभकामनाका साथ नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरुको मप्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिने छैन । काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिकासँग सहकार्य गरी सामूहिक अवधारणाका आधारमा अगाडि बढ्ने छौँ । काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन साह सत्तारुढ गठबन्धनको समर्थन पाएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौं महानगरपालिकाको मे...

उदाए बालेन

उदाए बालेन
काठमाडौं । २०७४ सालमा स्थानीय तह निर्वाचन हुँदा काठमाडौं महानगरका मतदाता बालेन ९बालेन्द्र० साहले भोट हालेनन् । उनको भनाइमा त्यतिवेला उठेका उम्मेदवारहरूप्रति उनलाई भरोसा थिएन । त्यसैले उनले ३१ वैशाख २०७४ मा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेका थिए, ‘म अर्कोचोटि भोट हाल्नेछु र आफैंलाई हाल्नेछु, देश कसरी विकास गर्ने मलाई थाहा छ ।’ सिभिल इञ्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेका साहले त्यतिवेला स्ट्रकचरल इञ्जिनियरिङमा स्नातकोत्तर तह अध्ययन गरिरहेका थिए । त्यही पृष्ठभूमिक...

गैँडाकोट ९ का समस्या लिएर वडाअध्यक्ष सापकोटाद्धारा मुख्यमन्त्रीसँग भेटघाट

गैँडाकोट ९ का समस्या लिएर वडाअध्यक्ष सापकोटाद्धारा मुख्यमन्त्रीसँग भेटघाट
नवलपुर । गैँडाकोट नगरपालिका वडा नं. ९ को विकास लागि वडाबासीका समस्या लिएर वडा अध्यक्ष धामनाथ सापकोटाले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग भेटघाट गर्नुभएको छ ।गैँडाकोट वडा नं. ९ को वडाअध्यक्षमा निर्वाचित भएर पदभार ग्रहण गरेलगत्तै वडा अध्यक्ष सापकोटा मुख्यमन्त्री नेपालीलाई भेट्न पोखरा पुग्नुभएको हो । नारायणी नदीमा तटबन्धन, खेलकुदको विकास, सडक कालोपत्रे, धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण लगायत विभिन्न विषयमा वडाअध्यक्ष सापकोटाले मुख्यमन्त्री नेपाली समक्ष...

रवीन्द्र मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा

रवीन्द्र मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् । ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध...

मूल्यवृद्धिको विरोधमा एमाले निकट संगठनहरुको भरतपुरमा प्रदर्शन

मूल्यवृद्धिको विरोधमा एमाले निकट संगठनहरुको भरतपुरमा प्रदर्शन
चितवन । मूल्यवृद्धिको विरोधमा चितवनमा विराेध प्रदर्शन भएको छ ।नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ चितवनले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकमा प्रदर्शन गरेको हो । उनीहरुले विहान ८ः३० बजेदेखि चक्काजाम गर्दै आधा घण्टा प्रदर्शन गरेका हुन् । ‘तत्काल मूल्य वृद्धि फिर्ता गर, जनतालाई राहत दे’लगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए । अनेरास्ववियू चितवनका अध्यक्ष प्रकाश आचार्यले गठबन्धन सरकारले लगातार मूल्यवृद्धि गर्दै जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल ...

विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने

विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने
काठमाडौं । सरकारले नीति तथा कार्यक्रमा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ । निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ । ’ लामो समयदेखि विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउनुपर्ने भन्दै आवाज उठाइरहेका छन् ।