चितवन । खैरहनी नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेबाट निर्वाचित भएका छन् ।आज भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य एमालेको निर्वाचित भएका हुन् । कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए ।

कार्यपालिकामा एमालेको तर्फबाट आनन्द दरै, दुःखीराम दरै, भैया विक सबैले जनही ४० मत ल्याएका थिए भने उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट सबैले २७ मत ल्याएका थिए ।

त्यसैगरी अन्य सदस्यहरुमा एमालेकै गोमा देवी, बुद्धरमिया महतो, मेनुका परियार, बिश्रमिया चौधरी, विष्णुमाया कामी रहेका छन् । उनीहरु प्रत्येकले ४० मत ल्याउँदा कांग्रेसका उम्मेदवारहरुले २७ मत मात्र ल्याएका थिए ।

तपाईको प्रतिक्रिया