नवलपुर । गैँडाकोट नगरपालिका वडा नं. ९ को विकास लागि वडाबासीका समस्या लिएर वडा अध्यक्ष धामनाथ सापकोटाले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग भेटघाट गर्नुभएको छ ।गैँडाकोट वडा नं. ९ को वडाअध्यक्षमा निर्वाचित भएर पदभार ग्रहण गरेलगत्तै वडा अध्यक्ष सापकोटा मुख्यमन्त्री नेपालीलाई भेट्न पोखरा पुग्नुभएको हो ।

नारायणी नदीमा तटबन्धन, खेलकुदको विकास, सडक कालोपत्रे, धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण लगायत विभिन्न विषयमा वडाअध्यक्ष सापकोटाले मुख्यमन्त्री नेपाली समक्ष मागपत्र राख्दै वडाको विकासमा सहजीकरण गरिदिन अनुरोध गरेको बताउनुभयो ।

सो अवसरमा मुख्यमन्त्री नेपालीले आफु नवलपुरको गैँडाकोटकै स्थायी बासिन्दा भएकोले पनि वडाका तर्फबाट माग भएका विषयहरुलाई सकेसम्म सम्बोधन गर्ने बताउनुभयो । आफुले गण्डकी प्रदेशका सवै जिल्लालाई बराबर रुपमा हेर्नुपर्ने बताउदै प्रदेशको तर्फबाट हुन सक्ने सबै खालका सहयोगहरु गर्ने विश्वास दिलाउनुभयो ।

तपाईको प्रतिक्रिया