×

मध्य नेपाल

निजामती सेवामा प्रवेशका लागि ३२ र ३७ वर्षको हद नै उपयुक्त – लोक सेवा आयोग

निजामती सेवामा प्रवेशका लागि ३२ र ३७ वर्षको हद नै उपयुक्त – लोक सेवा आयोग
काठमाडौँ। लोक सेवा आयोगले निजामती सेवामा प्रवेशका लागि खुलामा ३२ वर्ष र समावेशीमा ३७ वर्षको उमेर हद नै उपयुक्त हुने सुझाव दिएको छ।शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयकबारे सुझाव राख्दै आयोगका अध्यक्ष माधव रेग्मीले यो धारणा व्यक्त गरेका हुन्। “सेवा प्रवेशको हकमा खुला ३२ र समावेशीको हकमा ३७ वर्ष नै उपयुक्त हुन्छ,” अध्यक्ष रेग्मीले समितिमा बोल्दै भने।प्रस्तावित विधेयकमा पनि पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्षको उमे...

एमाले सचिवालय बैठक- राजनीतिक प्रतिवेदन पारित

एमाले सचिवालय बैठक- राजनीतिक प्रतिवेदन पारित
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले केन्द्रीय कमिटी बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ ।ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनका मुख्य बुँदामा छलफल गरी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमाले केन्द्रीय कमिटी बैठक यही पुस २१ र २२ गते बस्दै छ । बैठकले प्रतिवेदनलाई प्रतिवेदनमा प...

नेपाल प्रहरीका पाँच एसएसपीको डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका पाँच एसएसपीको डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूको नायब महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस गरिएको छ ।गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले बिहीबार बढुवाका लागि सिफारिस गरिएका एसएसपीहरूको सूची सार्वजनिक गरेको हो । जस अनुसार ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया सिफारिसमा परेका छन् । कार्की नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालय, नक्सालमा कार्यरत छन् । भट्ट कर्णाली प्रद...

मौलाकालिका विद्यापीठमा गुरुकुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता

मौलाकालिका विद्यापीठमा गुरुकुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता
गैँडाकोट-  मौलाकालिका विद्यापीठ गुरुकुलम्को आयोजनामा गुरुकुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता मौलाकालिका मन्दिरको सभाहल गैँडाकोटमा सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका भित्रका ४ वटा गुरुकुलबाट ९ वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले गुरुकुलको भौतिक संरचना निर्माण र गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकासमा वडाले विशेष योजना र बजेटको व्यवस्था गर्ने बताउनुभयो । प्रतियो...

हेडसरले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै महोत्तरीमा लफडा

हेडसरले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै महोत्तरीमा लफडा
  काठमाडौं । महोत्तरीको एक विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका छन् । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले ७ कक्षामा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रअ झामाथि कानूनी कारबाहीको माग राखेका छन् । प्रधानाध्यापक झ...

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ ।हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए । ‘एयरक्राफ्टमा कुनै ड्यामेज भएको देखिएन, हेलिकप्टर पुनः उड्ने तयारी गरिरहेको छ,’ उनले भने ।विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार छन् ।

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

आज देशभरको मौसम सफा रहने पूर्वानुमान
काठमाडौँ- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली...

त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी दीक्षित
  काठमाडौं- त्रिभुवन विश्वविद्यालयका १४ हजारभन्दा बढी विद्यार्थी दिक्षित भएका छन्।शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५० औं दीक्षान्त समारोहमा १४ हजार ३०८ जना विद्यार्थी दीक्षित भएका हुन्।स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि  तर्फ १२२ जना विद्यार्थी दीक्षित भएका छन्। दीक्षान्त समारोहमा विद्यार्थीसँगै उनीहरूका अभिभावक पनि रंगशाला पुगेका थिए।यसपालि गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका हुन...

मान्छे खुवाएर बाघ पाल्न सकिँदैन – प्रधानमन्त्री ओली

मान्छे खुवाएर बाघ पाल्न सकिँदैन – प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन्।वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जति भन्यो त्यति बाई बढाउने भन्ने हुँदैन, हाम्रो वनको क्षमताअनुसार जानुपर्छ। मान्छे खुवाएर बाई पाल्न सकिँदैन, त्यो गल्ती गर्नु हुँदैन।’ उनले सन् २००९ मा नेपालमा करिब ११० वटा बाघ रहेकोमा १० वर्षमा अढाइ सय बाघ पुगेको पनि उनले सुनाए। ‘अहिले साढे तीन सयभन्दा बढी बाघ छन्...